१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कर्णालीका मुख्यमन्त्रीकाे गलामा लगाइएकाे मालाकाे मूल्य एक लाख !



सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हेलिकोप्टरका शौखिन छन् । उनी कहिले हेलिकोप्टर चार्टर गरेर मुगु, कालिकोट, जुम्ला हुम्ला पुग्छन् त कहिले डोल्पा । ०७६/७७ मा मुगु, कालिकोट, हुम्ला र जुम्लामा सामुदायिक नर्सिङसम्बन्धी कार्यक्रमको अनुगमनमा हेलिकोप्टर चार्टर गरेर मुख्यमन्त्री शाहीले १० लाख सकेपछि महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणमा प्रश्न उठाएको थियो ।

तर, उनै मुख्यमन्त्री फेरि हेलिकोप्टर चढेर शनिबार डोल्पा पुगे । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासहितलाई लिएर हिँडेका मुख्यमन्त्री शाहीले चार लाखको हवाइ इन्धन खर्चेका छन् । इन्धन खर्च जगदुल्ला गाउँपालिकाले तिरेको छ ।

उनको यो भ्रमणमा अर्को अनौँठो दृष्य देखियो । गलामा मालाको भारी । शाही र बुढासँगै खर्च बेहोर्ने डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नरसिंह रोकायाको गलामा ४०/४० किलोको १ लाख मूल्यको माला थियो । हिमाली पाटनको फूल ल्याउन र माला बनाउन एक लाख रुपैयाँ खर्च भएको गाउँपालिका स्रोतले जानकारी दिएको छ । जसमा श्रमिकको ज्याला पनि जोडिएको छ ।

शनिबार डोल्पाको जगदुल्ला गाउँपालिका-६ स्थित एक आवासीय विद्यालय र गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न मुख्यमन्त्री शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बुढा हेलिकप्टर चढेर गएका डोल्पा पुगेका थिए ।

१ करोड २३ लाख ८६ हजार रुपैयाँ लागतमा दलित आवासीय विद्यालय सञ्चालन भएको र विद्यालयमा पालिकाले ७० प्रतिशत र प्रदेश सरकारले तीस प्रतिशत रकम लगानी गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले बताए । ‘कक्षा पाँचसम्म विद्यालयमा नै बसेर बढ्न पाउने छन्,’ उनले भने, ‘यो विद्यालय गाउँपालिकाको नमूना विद्यालय पनि हो ।’

गाउँपालिकाको प्रशासनिक भवनको पनि उदघाटन गरेका छन् । गाउँपालिकाको ७० प्रतिशत र संघीय सरकारको तीस प्रतिशत बजेट रहेको उक्त भवन निर्माणका लागि चार करोड ४३ लाख १० हजार खर्च भएको अधिकृत जैसीले बताए । ४० किलोको माला लगाएको विषयमा सामाजिक सञ्जालमा शाही, बुढा र रोकायामाथि टिप्पणी भइरहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ०६ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा