७ आश्विन २०८३, बुधबार | September 23, 2026

कर्णालीका मुख्यमन्त्रीकाे गलामा लगाइएकाे मालाकाे मूल्य एक लाख !



सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हेलिकोप्टरका शौखिन छन् । उनी कहिले हेलिकोप्टर चार्टर गरेर मुगु, कालिकोट, जुम्ला हुम्ला पुग्छन् त कहिले डोल्पा । ०७६/७७ मा मुगु, कालिकोट, हुम्ला र जुम्लामा सामुदायिक नर्सिङसम्बन्धी कार्यक्रमको अनुगमनमा हेलिकोप्टर चार्टर गरेर मुख्यमन्त्री शाहीले १० लाख सकेपछि महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणमा प्रश्न उठाएको थियो ।

तर, उनै मुख्यमन्त्री फेरि हेलिकोप्टर चढेर शनिबार डोल्पा पुगे । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासहितलाई लिएर हिँडेका मुख्यमन्त्री शाहीले चार लाखको हवाइ इन्धन खर्चेका छन् । इन्धन खर्च जगदुल्ला गाउँपालिकाले तिरेको छ ।

उनको यो भ्रमणमा अर्को अनौँठो दृष्य देखियो । गलामा मालाको भारी । शाही र बुढासँगै खर्च बेहोर्ने डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नरसिंह रोकायाको गलामा ४०/४० किलोको १ लाख मूल्यको माला थियो । हिमाली पाटनको फूल ल्याउन र माला बनाउन एक लाख रुपैयाँ खर्च भएको गाउँपालिका स्रोतले जानकारी दिएको छ । जसमा श्रमिकको ज्याला पनि जोडिएको छ ।

शनिबार डोल्पाको जगदुल्ला गाउँपालिका-६ स्थित एक आवासीय विद्यालय र गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न मुख्यमन्त्री शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बुढा हेलिकप्टर चढेर गएका डोल्पा पुगेका थिए ।

१ करोड २३ लाख ८६ हजार रुपैयाँ लागतमा दलित आवासीय विद्यालय सञ्चालन भएको र विद्यालयमा पालिकाले ७० प्रतिशत र प्रदेश सरकारले तीस प्रतिशत रकम लगानी गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले बताए । ‘कक्षा पाँचसम्म विद्यालयमा नै बसेर बढ्न पाउने छन्,’ उनले भने, ‘यो विद्यालय गाउँपालिकाको नमूना विद्यालय पनि हो ।’

गाउँपालिकाको प्रशासनिक भवनको पनि उदघाटन गरेका छन् । गाउँपालिकाको ७० प्रतिशत र संघीय सरकारको तीस प्रतिशत बजेट रहेको उक्त भवन निर्माणका लागि चार करोड ४३ लाख १० हजार खर्च भएको अधिकृत जैसीले बताए । ४० किलोको माला लगाएको विषयमा सामाजिक सञ्जालमा शाही, बुढा र रोकायामाथि टिप्पणी भइरहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ०६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई