२० बैशाख २०८१, बिहिबार | May 2, 2024

कोरोना अपडेट : मृत्यु हुनेको संख्या १ लाख ९० हजार ६ सय ३० पुग्यो



काठमाडौ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७ लाख १७ हजार ९ सय ३१ पुगेको छ भने, संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ६ सय ३० पुगेको छ ।

विश्वभर एकैदिन ६ हजार ३५६ जनाको मृत्यु भएको छ ।त्यस्तै २४ घण्टाको अवधिमा ८३ हजार ८२९ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ७ लाख ४५ हजार ६सय ५० जना उपचारपछि निको भएर घर फर्किएका छन् । १७ लाख ८० हजार १४७ जनाको अहिले उपचार भइरहेको छ ।

उपचाररत मध्ये ५८ हजार ६७८ को अवस्था चिन्ताजनक छ ।  अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ११० जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४९ हजार ७६९ पुगेको छ । अमेरिकामा एकैदिन ३० हजार ७१३ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ लाख ८० हजार ४३० पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ८५ जार ६२४ जना उपचारपछि निको भएका छन् ।

१४ हजार ९९७ जनाको अवस्था गम्भीर रहेको छ । ७ लाख ४४ हजार ३७ जना उपचाररत छन् ।त्यस्तै बेलायतमा पछिल्लो २४ घण्टामा ६३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ७३८ पुगेको छ ।एकै दिन ४ हजार ५८३ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३८ हजार ७८ पुगको छ । बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये १ लाख १८ हजार ९९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार १५७ पुगेको छ । एकैदिन ४४० जनाले ज्यान गुमाएका छन् । अहिले स्पेनमा २ लाख १३ हजार २४ संक्रमित छन् ।इटालीमा एकैदिन ४६४ जनाले ज्यान गुमाएका छन् । यो सँगै ज्यान गुमाउनेको संख्या २५ हजार ५४९ पुगेको छ । अहिलेसम्म इटालीमा १ लाख ८९ हजार ९७३ जना संक्रमित छन् ।

त्यस्तै फ्रान्समा एकैदिन ५१६ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै कारण फ्रान्समा ज्यान गुमाउनेको संख्या १२ हजार ८५६ पुगेको छ । अहिलेसम्म १ लाख ५३ हजार १२९ मा संक्रमण देखिएको छ ।

फ्रान्समा संक्रमितमध्ये ४२ हजार ८८ जना उपचारपछि निको भएकछन् । ५ हजार ५३ जनाको अवस्था गम्भीर रहेको छ भने ९४ हजार २३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ७ : २३ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य