४ भदौ २०८३, बिहिबार | August 20, 2026

निर्वाचन जित्न एमालेसँग प्रतिवाद आवश्यक : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग प्रतिवाद नगरी अघि बढ्न नसकिने बताएका छन् ।

पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । एमालेसँग प्रतिवाद नगरे आगामी निर्वाचन जित्न नसकिने उनले बताए । देश, संविधान र गणतन्त्र बचाउनका लागि पनि एमाले विरुद्ध सशक्त ढंगले अघि बढ्नुपर्ने उनले बताए ।

प्रचण्डले एमालेलाई जाली फटाहाको संज्ञा दिँदै प्रचण्डले उनीहरुको विरुद्ध संगठित रुपमा लाग्न नेता कार्यकर्तालाई सचेत गराए । एमाले संघीयता विरोधी रहेको दाबी गर्दै उनले गाउँगाउँमा एमाले जस्ता जाली फटाहाको पार्टी थर्थर काप्ने बनाउनुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले एमालेका कार्यकर्ताद्वारा आफ्नो पार्टीका कार्यकर्तामाथि आक्रमण हुन थालेको बताउँदै त्यस्तो काम नरोकिए उनीहरु विरुद्ध देशभर प्रतिकार गर्ने चेतावनी दिए । उनले भने, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन ।’

प्रचण्डले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेडक्वार्टरमै बमबारी गर्नु परेको बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफुले धेरै दुःख गरेको समेत स्मरण गरे । तर, प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनलाई निस्कर्षमा पुर्याउन देउवालाई प्रधानमन्त्री बनाएकोमा आफुलाई खुशी नै लागेको जनाए । ‘आज म खुसी छु । अब म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, जनतालाई माया गर्ने मान्छे । राष्ट्रको हित गर्ने सबै मान्छेहरूसँग सहकार्य भएको छ ।’ प्रचण्डले भने, ‘डेढ वर्षका लागि प्रधानमन्त्री खाइदिनुस भनेर शेरबहादुरजीलाई धेरै पटक भनियो । उहाँलाई धेरै दुःख गरेर प्रधानमन्त्री हुन तयार पारियो ।’

 

 

 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ४ : १४ बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब