४ पुस २०८२, शुक्रबार | December 20, 2025

मौसम जानकारी : बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा, आज प्रदेश १ र २ मा भारी वर्षाको संभावना



काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतको बिहार तथा आसपासतिर रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ । जसकारण आइतबार बिहान प्रदेश १, २ तथा बाग्मती प्रदेशमा बदली भएको जनाएको छ । प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ । प्रदेश १, २ र बागमतीका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

राति प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । सोमबार मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ, जसमा प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको