२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

पावर लिफ्टिङ्गको उपाधि बिक्रम र कोमललाई



बुटवल । नेपाल पावर लिफ्टिङ्ग उपाधि बिक्रम डम्बरपाल र कोमल कुमारी थापाले जितेका छन । नेपाल पावर लिफ्टिङ्ग संघको तत्वाधानमा व्यायाम व्यवसायी सङ्घ रुपन्देहीको आयोजनामा सम्पन्न प्रथम रुपन्देही जिल्ला स्तरीय पावर लिफ्टिङ्ग प्रतियोगितामा पुरुष तर्फ कुल ४३१ केजी बजन बिक्रम डम्बरपाल र महिला तर्फ कुल २९२ केजी बजन उचालेर कोमल कुमारी थापाले उपाधि जितेका हुन ।

चारवटा चरणमा सञ्चालन भएको प्रतियोगितामा उपाधि हासिल गरेका दुवै जनाले ट्रफी सहित ५/५ हजार नगद समेत प्राप्त गरेका छन । बिजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा सनराइज बैंकका प्रबन्धक नविन थापाको प्रमुख आतिथ्यता रहेको थियो । छनोट चरण पार गर्दै ३० जना खेलाडीहरु फाइनल राउण्डका लागि प्रवेश गरेका थिए । बुटवल ३ स्थित सिध्दबाबा पार्टि प्यालेसमा सम्पन्न फाइनल राउण्डमा पुरुष ६५ केजी भन्दा माथि समुहमा प्रकाश चौधरी प्रथम मनोज मल्लाह दोश्रो तथा प्रस गुरुङ तेस्रो भए ।

६५ केजी भन्दा मुनिको समुहमा बिक्रम डम्बरपाल प्रथम उदयराज पाण्डे दोश्रो र आबिष्कार खड्का तेस्रो भए । महिला तर्फ ६० केजी भन्दा माथी समुहमा कोमल कुमारी थापा प्रथम निधिका नेपाल दोश्रो शान्ति थापा तेस्रो हुन सफल भए ।

यस्तै महिला ६० केजी भन्दा तलको समुहमा मिना कुमारी खाम्चा प्रथम मन्जिता राजभण्डारी दोश्रो प्रविना रोकाया तेस्रो भए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमुख अतिथि, अध्यक्ष बिजेन्द्रमान श्रेष्ठ, नेपाल पावर लिफ्टिङ्ग संघ प्रतियोगिता संचालन समितीका सचिब सुरेश सुवेदी, रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संधका अध्यक्ष सितु प्रसाद श्रेष्ठले प्रमाणपत्र, ट्रफी मेडल सहित नगद पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको मुख्य प्रायोजन सनराइज बैकले गरेको छ । सो प्रतियोगिताकोे निर्णय मुख्य निर्णायक बुध्दिजंग कार्की, निर्णायकमा शिवध्वज राई ,केशब बहादुर शाक्य, राज कुमार श्रेष्ठ, सुरज श्रेष्ठ र सुकदेव कार्किले गरेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ९ : ११ बजे

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ