२३ बैशाख २०८१, आइतबार | May 6, 2024

बढ्यो इन्द्रसरोवर जलाशयमा पानीको सतह



काठमाडौं । कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर समुद्री सतहबाट एक हजार ५२९ दशमलव ९५ मिटर पुगेको छ । पानीको सतह बढेसँगै बढी भएको पानी ड्याम्पसँगै रहेको द्वारबाट जाने क्रम सुरु भएको छ ।

कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख धीरेन्द्र चौधरीले जलाशय भरिन अब पाँच सेन्टिमिटर मात्र बाँकी रहेको बताउँदै जलाशयमा हावासँग उठ्ने छालका कारण बढी भएको पानी पोखिएर कुलेखानी खोलामा मिसिन थालेको जानकारी दिए ।

पानीको सतह बढ्ने क्रम जारी रहेको र जलाशय क्षेत्रमा थप वर्षा भएमा जलाशय भरिएर निस्कने पानी कुलेखानी खोलामा मिसिने भएकोले कुलेखानी खोला र बागमती नदीको सतहसमेत बढेर जोखिम बढ्ने उनले बताए ।

“जलाशयमा बढी भएको पानी पठाउन गेट भने खोलेका छैनौँ”, उनले भने, “कुलेखानीका तीनवटै आयोजना दिउँसो पूर्ण क्षमतामा सञ्चालन भएको थियो ।” मागका आधारमा आयोजनाबाट विद्युत् उत्पादन हुँदै आएको उनले उल्लेख गरे ।

यसैबीच इन्द्रसरोवर गाउँपालिकाले जलाशयबाट निस्किएको पानी कुलेखानी खोलामा मिसिन थालेको बताउँदै सम्भावित जोखिमबाट बच्न पालिका क्षेत्रका बासिन्दासँग आग्रह गरेको छ । बस्ती नजिक बाढी, पहिरो र डुबानको सम्भावित जोखिम रहेको भन्दै पालिकाले नदी र खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलन नगर्न र त्यस्तो क्षेत्रमा नजान सार्वजनिक सूचना जारी गरेको छ ।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका-१ स्थित जलाशय इन्द्रसरोवरमा गत महिनाको अन्तिम साता पानीको सतह एक हजार ५१९ दशमलव ८३ मिटर पुगेको थियो ।

कुलेखानी जलविद्युत् आयोजना पहिलोको ६०, दोस्रोको ३२ र तेस्रो जलविद्युत् केन्द्रको १४ मेगावाट विद्युत् उत्पादन क्षमता छ । कुलेखानी पहिलोबाट विद्युत् उत्पादन भएपछि निस्किएको पानी दोस्रोमा पठाएर विद्युत् उत्पादन गर्ने र दोस्रोबाट निस्किएको पानीसहित स्थानीय खोलाको पानी प्रयोग गरी सानुटारमा रहेको कुलेखानी तेस्रो जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन हुँदै आएको छ । आजको गोरखापत्र दैनिकमा राममणि दाहालले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ७ : २५ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa