२१ असार २०८३, आइतबार | July 5, 2026

एमालेको स्थानीय तहका जनप्रतिनिधिको भेला राष्ट्रिय सभागृहमा सुरु



काठमाडौं । नेकपा एमालेको स्थानीय तहका जनप्रतिनिधिको भेला राष्ट्रिय सभागृहमा सुरु भएको छ ।

आइतबार मात्रै विधान महाधिवेशन सम्पन्न गरेको एमालेले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको भेला बिहान ९ बजेदेखी राष्ट्रिय सभागृहमा भेला सुरु भएको हो ।

स्थानीय तहका प्रमुख तथा उप्रमुखहरुको भेला राष्ट्रिय सभागृहमा हुँदैछ । भेलामा आगामी स्थानीय तहको निर्वाचनका लागि बनाइने रणनीतिका बारेमा छलफल हुने बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुबेदीले जानकारी दिए ।

पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र अब लिनुपर्ने रणनीतिका बारेमा सहभागीहरुले रिर्पोटिङ गर्ने उनले बताए ।

विधान महाधिवेशनमा सहभागी हुन आएका एमालेका जिल्ला समन्वय समितीका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख भेलामा सहभागी हुँदैछन ।

आजको भेलालाई दिउसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : २० बजे

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा