२८ भदौ २०८३, आइतबार | September 13, 2026

रुपन्देहीमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु



बुटवल । रुपन्देहीको एक उद्योगमा काम गर्ने एकजना मुजदुरको खुकुरी प्रहारबाट ज्यान गएको छ । उद्योगमै काम गर्ने अर्का मुजदुरले खुकुरी प्रहार गर्दा नवलपरासी पश्चिमको सुस्ता-३ का अवधेश चमारको ज्यान गएको हो । खुकुरी प्रहारबाट थप एकजना घाईते भएका छन् ।

एउटै उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहले खुकुरी पैहार गर्दा चमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरीका अनुसार सुद्धाेदन गाँउपालिका स्थित सदिक्षा स मिलमा काम गर्ने मजदुरहरु आईतबार साँझ कामबाट फर्केपछि सँगै मादक पदार्थ सेवन गरेको र सोही क्रममा विवाद भएपछि भारतीय मजदुर रविले चमार माथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाईते भएका चमारको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।

रविको खुकुरी प्रहारबाट अवधेशका बुवा गोपिचन्द घाईते भएका छन् । अवधेशलाई खुकुरी प्रहार गरेपछि रविले उनका बुवा गोपिचन्दलाई पनि खुकुरी प्रहार गरेका थिए । गोपिचन्दको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । रविलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : ४८ बजे

देउवा पक्षले छानेका जिल्ला प्रतिनिधिहरुले नै भने- ‘आधिकारिक कांग्रेसविरुद्धका कुनै गतिविधिमा लाग्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको