२७ माघ २०८२, मंगलबार | February 10, 2026

माओवादीले मन्त्री छान्यो, अरू दलमा रडाको



काठमाडौं । स​त्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र) ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ ।

नेकपा (एकीकृत समाजवादी) मन्त्री बाँडफाँटमा सन्तुलन नमिलेको भन्दै एसले आफ्नो तर्फबाट मन्त्री बन्नेको नामसमेत चयन गरेको छैन । असन्तुष्टिका कारण मन्त्री छनौटको गृहकार्य पनि पार्टीले थालेको छैन । ‘मन्त्रालयको बाँडफाँटमा सन्तुलन मिलाउनुपर्छ भन्ने हाम्रो माग हो,’ एसका महासचिव बेदुराम भुसालले भने ।

एसका अध्यक्ष माधव नेपालकै कारण सर्वोच्च अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री भएका थिए । उनले अढाइ महिनासम्म मन्त्रिपरिषद्को विस्तार गर्न सकेका छैनन् ।

प्रधानमन्त्री भएपछि देउवा एक्लै अघि बढ्ने प्रयासमा छन् । महासचिव भुसालले मन्त्री छनौटका सम्बन्धमा बुधबार कुनै बैठक नबसेको बताए । सत्ता गठनबन्धनबीच मन्त्रालयको संख्या र नाममा मंगलबार भागबण्डा गरियो । एसको भागमा सहरी, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र कानुन, मन्त्रालय परेको थियो ।

एसले शक्तिशाली, विकासे र सेवा दिने मन्त्रालयको सन्तुलनकारी वितरण हुनुपर्ने माग गरेको छ। शक्तिशाली मानिने मन्त्रालय आफ्नो भागमा नपरेको भन्दै एसले असन्तुष्टि जनाएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ७ : ४६ बजे

नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक

काठमाडौं । नेपाली सेनाले पाकिस्तानमा आयोजित नवौँ पाकिस्तान आर्मी स्पिरिट

मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्ट विकासप्रेमी नेताको छविका

नवलपुर-२ का मतदाता भन्छन् : चुनावी बाचा अझै अधुरै छन्

नवलपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का

तामाकोशी बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस मंगलबार

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

जापान । जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६