२१ असार २०८३, आइतबार | July 5, 2026

एमाले केन्द्रीय सदस्य छाडेका भानुभक्त जोशीलाई नेकपा एसमा सिधै स्थायी कमिटी



काठमाडौं ।नेकपा एमाले परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गरेका एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीलाई नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीमा राखिने भएको छ । बिहीबार जोशीलाई एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउँदै जोशीलाई स्थायी कमिटीमा राखिने घोषणा गरेका हुन् ।

एकिकृत समाजवादी पार्टीमा प्रवेश गर्नुअघि जोशीले असोज २० गते एमालेबाट राजीनामा दिएका थिए । उनले आफ्नो राजीनामा पत्रमा एमाले एकताका लागि गरिएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानी) कार्यन्वयन नगरेको भन्दै एमाले अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाएका छन् ।

उनले राजीनामामा पार्टीमा फेरि पनि आग्रह, पूर्वाग्रहको अवस्था यथावत नै रहेको भन्दै एमाले केन्द्रीय कमिटी सदस्य पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

जोशीको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपाललेकेपी ओली र एमाले कम्युनिस्ट आदर्शबाट च्युत भइसकेको, राष्ट्रियताको मामिलामा आत्मसपर्णवादको नीति लिएको बताएका छन् । उनले जोशीलाई पार्टीमा स्थायी कमिटी सदस्य बनाउने समेत घोषणा गरे ।

पूर्व वनमन्त्रीसमेत रहेका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहेका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  २ : १७ बजे

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको