४ पुस २०८२, शुक्रबार | December 20, 2025

मन्त्रिपरिषद् विस्तारको अन्तिम टुङ्गो लगाउन बालुवाटारमा शीर्ष नेताहरुको बैठक



काठमाडौं । मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा टुङ्यो लगाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने गरी सहमति भएपनि नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि पुन गठबन्धनको बैठक बसेको हो ।

एकिकृत समाजवादीले महत्वपूर्ण मन्त्रालय सहित मन्त्रालयको संख्या थप्न माग गरेपछि पुनः बैठक बस्नु परेको गठबन्धनका एक नेताले बताए । गठबन्धनमा भागवण्डा मिले आजै मन्त्रिपरिषदले पूर्णता पाउने ती नेताले बताए ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ३ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको