६ भदौ २०८३, शनिबार | August 23, 2026

मन्त्रिपरिषद् विस्तारको अन्तिम टुङ्गो लगाउन बालुवाटारमा शीर्ष नेताहरुको बैठक



काठमाडौं । मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा टुङ्यो लगाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने गरी सहमति भएपनि नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि पुन गठबन्धनको बैठक बसेको हो ।

एकिकृत समाजवादीले महत्वपूर्ण मन्त्रालय सहित मन्त्रालयको संख्या थप्न माग गरेपछि पुनः बैठक बस्नु परेको गठबन्धनका एक नेताले बताए । गठबन्धनमा भागवण्डा मिले आजै मन्त्रिपरिषदले पूर्णता पाउने ती नेताले बताए ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ३ : २२ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र