३ पुस २०८२, बिहिबार | December 19, 2025

चीनको वुहानको लागि महत्वपूर्ण क्षण : कोरोना सङ्क्रमित शून्य



काठमाडौ । चीनको सबैभन्दा बढी प्रभावित वुहान सहरका अस्पतालहरूमा उपचाररत सबै कोभिड–१९ सङ्क्रमित व्यक्ति उपचारपछि आइतबार घर फर्किएका छन् ।

दिङ थरका ७७ बर्षीय पुरूष चीनको मध्य क्षेत्र हुबेईको राजधानी वुहानमा कोभिड–१९ को सङ्क्रमणपछि निको भएर घर फर्किने सबैभन्दा पछिल्लो व्यक्ति हुनुभएको छ । दिङको दोस्रो परीक्षणको रिपोर्टमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि उहाँलाई आइतबार घर पठाइएको वुहान नगर स्वास्थ्य आयोगका अधिकारीले बताएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फङले बेइजिङमा पत्रकार सम्मेलनमा भन्नुभयो, “वुहानले कोरोना भाइरसविरूद्धको लडाईंमा सफलता पाउनुमा वुहान तथा देशका विभिन्न भागबाट त्यहाँ रहेर विरामीको उपचार गर्ने स्वास्थ्यकर्मी तथा अन्य सेवामा खटिने चिनियाँहरूको कडा परिश्रम नै महत्वपूर्ण थियोे ।”

आइतबारको घोषणा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित चिनियाँ शहर वुहानको लागि महत्वपूर्ण क्षण बनेको छ । चीनको वुहानमा विगत पाँच दिनदेखि सङ्क्रमितको सङ्ख्या दुई अङ्कमा झरेको लगातार पाँच दिनपछि र हुबेईमा सबैभन्दा बढी दैनिक ५० हजार ६३३ विरामी र वुहानमा ३८ हजार २० विरामीलाई सेवा दिएको ७० दिनपछि राष्ट्रिय स्वास्थ्य आयोगको उक्त घोषणा आएको हो ।

यस क्षणको प्रतिक्षामा थियौँ : चिकित्सक

सघन सेवा कक्षका चिकित्सक साङ यूले भन्नुभयो, “कोरोना भाइरसमुक्त घोषणा भएको यो दिन वुहानवासी (चिनियाँ) का लागि ऐतिहासिक बनेको छ ।” उहाँले थप्नुभयो, “हामीले यो दिनको प्रतिक्षा लामो समयदेखि गरिरहेका थियौँ ।” शनिबारको अन्त्यसम्ममा वुहानमा ५० हजार ३३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार ८६९ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये निको भएर फर्किनेको सङ्ख्या वुहानमा ९२.३ प्रतिशत रहेको बताइएको छ ।
हुबेइमा विगत २० दिनयता नयाँ सङ्क्रमित व्यक्ति नभेटिएको र हुबेईमा बाँकी ५० जना कोभिड–१९ सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् ।

आइतबारसम्म मुख्यभूमि चीनमा ८२ हजार ८२७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ८०१ जना विरामीको चीनभर उपचार भइरहेको छ । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा ७७ हजार ३९४ सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ९ : १२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको