२७ माघ २०८२, मंगलबार | February 10, 2026

झाडापखाला प्रभावित क्षेत्रमा मन्त्रालयले पठायो चिकित्सकको टोली



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला प्रभावित क्षेत्र कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आज चिकित्सकसहितको टोली पठाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.मीरकुमार अधिकारीले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट उपचारका लागि आवश्यक औषधि लिएर चिकित्सकसहितको टोली बिहीबार त्यसतर्फ गएको जानकारी दिए ।

प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पनि चिकित्सकसहितको टोली पठाएको छ । कृष्णनगर नगरपालिकाका वडा नम्बर ३, ४, ७, ८, ९ र १२ मा झाडापखाला र वान्ताका बिरामी देखिएका थिए । उक्त ठाउँका करिब ३७० जना झाडापखालाका बिरामी फेला परेका छन् ।

बिरामीको स्थानीय शिवराज अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये २२८ जना उपचारपछि घर फर्किएका र ११० जनाको उपचार भइरहेको तथा ३२ जनालाई तौलिहवा अस्पताल र लुम्बिनी अस्पतालमा रिफर गरिएको मन्त्रालयले जनाएको छ ।

पाँच जना बिरामीको दिशाको नमुना परीक्षण गरिएको र नतिजा आउन बाँकी रहेको जनाइएको छ । प्रभावित क्षेत्रको पिउने पानीको नमुना परीक्षण गर्दा कोलिफर्म र इकोली भेटिएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ६ : ५० बजे

नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक

काठमाडौं । नेपाली सेनाले पाकिस्तानमा आयोजित नवौँ पाकिस्तान आर्मी स्पिरिट

मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्ट विकासप्रेमी नेताको छविका

नवलपुर-२ का मतदाता भन्छन् : चुनावी बाचा अझै अधुरै छन्

नवलपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का

तामाकोशी बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस मंगलबार

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

जापान । जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६