९ चैत्र २०८२, सोमबार | March 23, 2026

भर्नाअघि बालबालिकाको आँखा परीक्षण



काठमाडौं । विद्यालय भर्ना हुनुअघि बालबालिकाको अब अनिवार्य आँखा परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घले प्रत्येक विद्यालयमा भर्ना हुनुअघि नै बालबालिकाको आँखा परीक्षण गर्ने भएको हो ।

पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको आँखा परीक्षण हुनेछ । सरकारको नीति तथा कार्यक्रममा विद्यार्थी विद्यालय भर्ना हुनुभन्दा अगाडि अनिवार्य आँखा परीक्षण गराउनुपर्ने उल्लेख छ । सरकारको नीति तथा कार्यक्रमअनुसार नै सङ्घले विद्यालयहरूमा विद्यार्थीको आँखा परीक्षण गर्न लागेको हो ।

सङ्घका कार्यकारी निर्देशक डा.शैलेश मिश्रले भने, “प्रत्येक स्थानीय तह र प्रदेश सरकारसँग समन्वय भइरहेको छ, सङ्घले विद्यालयहरूमा विद्यार्थीको आँखा परीक्षण गर्नेछ ।” साना बालबालिकाको आँखा परीक्षण गर्दा आँखासम्बन्धी सम्पूर्ण रोग पहिचान गर्न सहज हुन्छ । रोग पहिचान गरेपछि आँखासम्बन्धी अन्य रोग लाग्नबाट पनि बचाउन सकिन्छ ।

दूूरदृष्टिलगायतका समस्याले बालबालिका पीडित हुने गरेको भन्दै डा.मिश्रले समयमै आँखा परीक्षणले स्क्रिनिङ गर्नसमेत सहज हुने बताए । सङ्घअन्तर्गत हालसम्म २२ वटा आँखा अस्पताल, १२८ वटा आँखा उपचार केन्द्र र ४२ जिल्लामा सङ्घ स्थापना भई आँखा स्वास्थ्यसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम हुँदै आइरहेको छ ।

हरेक वडामा उपचार केन्द्र हरेक वडा तथा पालिकामा पनि आँखा उपचार केन्द्र स्थापना गर्ने कार्ययोजना सङ्घले बनाएको छ । सङ्घका अध्यक्ष डा.चेतराज पन्तले सङ्घलाई आँखा स्वास्थ्यका लागि जिम्मेवारी सरकारले दिएको भन्दै अब देशभरका हरेक पालिका तथा वडामा आँखा उपचार केन्द्र स्थापना गर्ने बताए । आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : २२ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११