५ भदौ २०८३, शुक्रबार | August 21, 2026

कांग्रेसले लगायो मन्त्री र मन्त्रालयको टुंगो, को को बन्दैछन् मन्त्री !



काठमाडौं । नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम र मन्त्रालय टुंगो लगाएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीहरूको नाम र मन्त्रालय टुंगो लगाएका हुन् ।

प्रधानमन्त्री देउवाले रक्षामन्त्रीमा डा. मिनेन्द्र रिजाललाई पठाउने निर्णय गरेका छन् । यस्तै, यसअघि कानून मन्त्रालय सम्हाल्दै आएका ज्ञानेन्द्रबहादुर कार्कीलाई संचारमा पठाएर कानूनमा दिलेन्द्रप्रसाद बडु जाने भएका छन् । यसैगरी उमा रेग्मी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री र उमाकान्त चौधरीलाई खानोपानी मन्त्री बनाउने टुंगो लागेको छ । यसअघि कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री नारायण खड्का बनेका छन् भने स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ रहेका छन् ।

नेकपा एकीकृत समाजवादीले पनि आजै सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएको छ । विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठ मन्त्री बन्दैछन् । खतिवडा स्वास्थ्यमन्त्री बन्दैछन् भने झाँक्री पर्यटन मन्त्री बन्दैछिन् । यस्तै, आले शहरी विकास र श्रेष्ठ श्रम तथा रोजगार मन्त्री बन्दैछन् । एकीकृत समाजवादीले भवानी खापुङलाई राज्यमन्त्री बनाउँदैछ ।

माओवादी केन्द्रले यसअघि नै मन्त्रीको टुंगो लगाइसकेको छ । देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्री बन्दैछन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  २ : ५० बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको