५ भदौ २०८३, शुक्रबार | August 21, 2026

जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाको निर्देशन



काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको ८८ दिन पछि थपिएका नयाँ मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले जनताको अपेक्षा अनुसार काम गर्न निर्देशन दिएका छन् । नवनियुक्त मन्त्रीहरुले सपथ खाए लगत्तै शुक्रबार बसेको पूर्णता पाएको मन्त्रिपरिषदको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकता अनुसार र जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

देउवाले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामना समेत गरेका थिए । आज बसेको मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई तोक्ने निर्णय गरेको छ । त्यसैगरी मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषदका समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको नव नियुक्त सरकारका प्रवक्ता एवं सञ्चार चता सूचना प्रविधि मन्त्री कार्कीले जानकारी दिए ।

बैठकपछि सञ्चाकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेको बताउँदै हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको बताए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ४५ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको