३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

गजेन्द्र हमाल कांग्रेसी कोटाबाट मन्त्री बनेका हुन्, होहल्ला गर्नु आवश्यक छैन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री नियुक्तिको विषयमा प्रधानन्यायाधीसलाई जोड्नुको कुनै तुक नभएको बताएका छन् ।

शनिबार बिहान चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सत्ता गठबन्धनको मुख्य घटक समेत रहेको माओवादी अध्यक्ष प्रचण्डले मन्त्री गजेन्द्र हमालबारे चलेको चर्चाको कुनै तुक नभएको बताएका हुन् ।

प्रचण्डले हमाल कांग्रेसी पृष्ठभूमिका व्यक्ति भएको भन्दै कांग्रेसकै कोटाबाट उनी मन्त्री बनेको जिकिर गरे । उनले भने ‘हमाललाई मन्त्री बनाएको विषयमा होहल्ला गर्नु आवश्यक नै छैन । ‘उहाँ कांग्रेसको मान्छे हो । कांग्रेसको कोटामा मन्त्री हुनु भएको हो । त्यसैले यताको र उताको किन भनिरहन पर्यो र ’

प्रचण्डले यसअघि पनि गैरसांसदलाई निश्चित समयका लागि मन्त्री बनाएको रेकर्ड रहेको बताउँदै संवैधानिक रुपमै हमाल मन्त्री भएको बताए ।

कांग्रेसका क्रियाशील सदस्य मात्र रहेका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका थिए । हमाल प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराका जेठान हुन् । जबराले मन्त्रीपदमा कोटा मागेको भन्दै पूर्वन्यायाधीसहरु र वरिष्ठ अधिवक्ताहरुले उनको चर्को आलोचना गरेका छन् ।
अध्यक्ष प्रचण्डले भने विगतमा ओलीले संसद विघटन गर्दा सेटिङ गरेको चर्चा चलेजस्तै अहिले पनि त्यस्तै हल्ला चलेको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ११ : २१ बजे

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट