५ पुस २०८२, शनिबार | December 20, 2025

उच्च शिक्षामा छात्रवृत्ति पाउनेलाई जनभावनामा सम्मान



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ दीपनगर स्थित जनभावना माध्यामिक विद्यालयले नेपाल सरकारले प्रदान गर्ने विभिन्न छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी एमबिबिएस÷बिडिएस र बिएस्सी एजीमा छात्रवृत्तिमा नाम निकाल्न सफल तीन जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

विद्यालयबाट माध्यामिक तह उत्तीर्ण गरेका सुजाता कठेरियाले २०७८ मा एमबिबिएस÷बिडिएस, भुवन थारुले २०७५ मा विएस्सी एजी र शुभेच्क्षा ढकालले २०७६ मा बिएस्सी एजीमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष कृष्णप्रसाद पौडेलले तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयहरु अब्बल बन्दै गैरहेको बताए ।

उनले जनभावना माविका विद्यार्थीहरुले नेपाल सरकारले प्रदान गर्ने छात्रवृत्ति प्राप्त गर्नु गुणस्तरीय शिक्षाको प्रमाण भएको बताउँदै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु पनि अव्बल र सक्षम हुन्छन भन्ने मान्यता स्थापित हुँदै गएको स्पष्ट पारे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर थापाले शैक्षिक गुणस्तर वृद्धिसँगै विद्यालयमा भौतिक पूर्वाधार विकासका काम समेत अघि बढिरहेको बताए । विद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद पराजुलीले समयको माग अनुरुप विद्यार्थीका लागि अध्ययनको वातावरण निर्माणमा विद्यालय प्रतिबद्ध रहेको स्पष्ट पार्दै विद्यालयमा थप अर्को सुविधासम्पन्न भवन निर्माणको लागि डिपिआरको काम अघि बढेको जानकारी दिए । शिक्षक शालिकराम भुसालको सञ्चालन तथा शिला घिमिरेको स्वागतमा कार्यक्रम भएको हो । विद्यालयमा हाल झण्डै ७ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ३ : ५५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता