२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

उच्च शिक्षामा छात्रवृत्ति पाउनेलाई जनभावनामा सम्मान



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ दीपनगर स्थित जनभावना माध्यामिक विद्यालयले नेपाल सरकारले प्रदान गर्ने विभिन्न छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी एमबिबिएस÷बिडिएस र बिएस्सी एजीमा छात्रवृत्तिमा नाम निकाल्न सफल तीन जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

विद्यालयबाट माध्यामिक तह उत्तीर्ण गरेका सुजाता कठेरियाले २०७८ मा एमबिबिएस÷बिडिएस, भुवन थारुले २०७५ मा विएस्सी एजी र शुभेच्क्षा ढकालले २०७६ मा बिएस्सी एजीमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष कृष्णप्रसाद पौडेलले तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयहरु अब्बल बन्दै गैरहेको बताए ।

उनले जनभावना माविका विद्यार्थीहरुले नेपाल सरकारले प्रदान गर्ने छात्रवृत्ति प्राप्त गर्नु गुणस्तरीय शिक्षाको प्रमाण भएको बताउँदै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु पनि अव्बल र सक्षम हुन्छन भन्ने मान्यता स्थापित हुँदै गएको स्पष्ट पारे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर थापाले शैक्षिक गुणस्तर वृद्धिसँगै विद्यालयमा भौतिक पूर्वाधार विकासका काम समेत अघि बढिरहेको बताए । विद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद पराजुलीले समयको माग अनुरुप विद्यार्थीका लागि अध्ययनको वातावरण निर्माणमा विद्यालय प्रतिबद्ध रहेको स्पष्ट पार्दै विद्यालयमा थप अर्को सुविधासम्पन्न भवन निर्माणको लागि डिपिआरको काम अघि बढेको जानकारी दिए । शिक्षक शालिकराम भुसालको सञ्चालन तथा शिला घिमिरेको स्वागतमा कार्यक्रम भएको हो । विद्यालयमा हाल झण्डै ७ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ३ : ५५ बजे

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभामा सांसद कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारी

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने