काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन् ।
दुई दिनअघि मात्र नियुक्त भएका उद्योग वाणिज्य एवं आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गरेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा बुझाउने तयारी गरेका छन् ।
तर, प्रधानन्यायाधीस जबराको सिफारिसमा उनलाई मन्त्री बनाइएको भन्दै सत्तारुढ दलकै नेताहरुबाट समेत विरोध भएको थियो । यस्तै, पूर्वन्यायाधीसहरु, कानून व्यवसायीहरु, राजनीतिक दलका नेताहरु र नागरिक समाजबाट चर्को आलोचना गरेका छन् ।
जबराका जेठान रहेका हमाललाई जेठान मन्त्री भन्दै व्यंग गर्न सुरु गरिएको थियो । मन्त्रालय भागवण्डा गर्दा प्रधानन्यायाधीस जबराले कोटा मागेको र सो कोटामा आफ्ना जेठानलाई पठाएको आरोप लागेको थियो ।
बाँके कांग्रेसका पूर्वसभापति रहेका हमाललाई देउवाले मन्त्री बनाएका थिए । उनी सांसद पनि छैनन् । उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान हुन् ।
उनी असोज २२ गते मन्त्री नियुक्त भएका थिए। उनी मन्त्री भएपछि कानुनविदहरूले पनि विरोध गरेका थिए ।



















प्रतिक्रिया