२१ असार २०८३, आइतबार | July 5, 2026

उद्योगमन्त्री गजेन्द्रबहादुर हमालद्वारा राजीनामा दिने घोषणा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन् ।

दुई दिनअघि मात्र नियुक्त भएका उद्योग वाणिज्य एवं आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गरेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा बुझाउने तयारी गरेका छन् ।

तर, प्रधानन्यायाधीस जबराको सिफारिसमा उनलाई मन्त्री बनाइएको भन्दै सत्तारुढ दलकै नेताहरुबाट समेत विरोध भएको थियो । यस्तै, पूर्वन्यायाधीसहरु, कानून व्यवसायीहरु, राजनीतिक दलका नेताहरु र नागरिक समाजबाट चर्को आलोचना गरेका छन् ।

जबराका जेठान रहेका हमाललाई जेठान मन्त्री भन्दै व्यंग गर्न सुरु गरिएको थियो । मन्त्रालय भागवण्डा गर्दा प्रधानन्यायाधीस जबराले कोटा मागेको र सो कोटामा आफ्ना जेठानलाई पठाएको आरोप लागेको थियो ।

बाँके कांग्रेसका पूर्वसभापति रहेका हमाललाई देउवाले मन्त्री बनाएका थिए । उनी सांसद पनि छैनन् । उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान हुन् ।

उनी असोज २२ गते मन्त्री नियुक्त भएका थिए। उनी मन्त्री भएपछि कानुनविदहरूले पनि विरोध गरेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ९ : २५ बजे

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर