५ भदौ २०८३, शुक्रबार | August 22, 2026

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालद्वारा पदबाट राजीनामा



काठमाडौं । दुई दिनअघि मात्र नियुक्त भएका उद्योग वाणिज्य एवं आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् ।

हमालमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका हुन् । हमालले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । हमालले राजीनामा दिएर बालुवाटारबाट फर्किसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका क्रियाशील सदस्य मात्र रहेका हमाललाई सांसद नभएपनि प्रधानमन्त्री देउवाले मन्त्री बनाएका थिए । तर, प्रधानन्यायाधीस जबराको सिफारिसमा उनलाई मन्त्री बनाइएको भन्दै सत्तारुढ दलकै नेताहरुबाट समेत विरोध भएको थियो । यस्तै, पूर्वन्यायाधीसहरु, कानूनव्यवसायीहरु, राजनीतिक दलका नेताहरु र नागरिक समाजबाट चर्को आलोचना गरेका छन् ।

जबराका जेठान रहेका हमाललाई जेठान मन्त्री भन्दै व्यंग गर्न सुरु गरिएको थियो । मन्त्रालय भागवण्डा गर्दा प्रधानन्यायाधीस जबराले कोटा मागेको र सो कोटामा आफ्ना जेठानलाई पठाएको आरोप लागेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ९ : ५९ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको