१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

नेपालमा १६ जना कोरोना संक्रमित उपचारपछि घर फर्के



काठमाडौ । नेपालमा हालसम्म काेराेना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या ५२ पुगेकोमा १६ जना उपचारपछि घर फर्केका छन् । केही दिन यता नयाँ सङ्क्रमित फेला परेका छैनन् । आज आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँकी ३६ जनाको उपचार भइरहेकोमा सबैको अवस्था सामान्य रहेको बताउनुभयो ।

पिसिआर विधिबाट दश हजार ४७१ र ¥यापिट डाइनोस्टिक टेस्ट (आरडीटी) बाट ४३ हजार ६३ गरी कूल ५३ हजार ५३४ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर दुई हजार १८४ जनाको परीक्षण गरिएको छ ।

प्रवक्ता देवकोटाले भन्नुभयो, “प्रदेश नं १ मा हालसम्म चार हजार ५४५, प्रदेश नं २ मा पाँच हजार २०८, वाग्मतीमा सात हजार ६२६, गण्डकीमा चार हजार ९२६, प्रदेश नं ५ मा तीन हजार ४७१, कर्णालीमा पाँच हजार २२८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९६१ आरडीटीबाट परीक्षण भइसकेको छ ।” आरडीटीबाट परीक्षण गर्ने ४२ हजार ६३ पुगेको छ ।

क्वारेनटाइनमा बस्नेको सङ्ख्या २० हजार १९५ र आइसोलेशनका बिरामीे सङ्ख्या १०६ छन् । त्यसमा उपत्यकाभित्र आठ र उपत्यका बाहिर ९८ जना छन् । मन्त्रालयले सञ्चालन गरेको दुई वटा कल सेन्टर (१११५ र ११३३) मा गत २४ घण्टामा दुई हजार ११९ वटा कल प्राप्त भएका छन् । मन्त्रालयले सबै कलको सम्बोधन गरेको छ ।

मन्त्रालयले सञ्चालन गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य र वेभ पेजमा हालसम्म आफ्नो स्वमूल्याङ्कनको लागि ‘इन्ट्री’ गर्नेको सङ्ख्या २७ हजार ५४२ पुगेको प्रवक्ता देवकोटाको भनाइ छ । गत २४ घण्टामा ७४१ जनाले आफ्नो स्वमूल्याङ्क फाराम भरेकोमा आठ जना रेडजोनमा पर्नुभएको छ ।

हालसम्म कूल रेडजोनमा हुनेको सङ्ख्या ३०४ पुगेको छ । रेडजोनमा पर्ने व्यक्तिको नमूना परीक्षण गर्ने र त्यसको अनुगमनको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम भइरहेको छ । प्रवक्ता देवकोटाले सङ्क्रमणको प्रकृति हेरिकन लकडाउन खोलाउनेबारे के गर्ने भन्ने निर्णय हुने बताउनुभयो । सङ्क्रमितको सङ्ख्या बढ्दै गएको कारण लकडाउनलाई निरन्तरता दिनुपर्ने देखिएको उहाँको भनाइ छ ।

सोही अवसरमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले स्वास्थ्यकर्मीको बारेमा जानकारी दिँदै कोरोना लागेको शङ्का लागेको खण्डमा जुन विधिबाट भएपनि तत्कालै परिक्षण गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ९ : १६ बजे

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला

धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा केही दिनअघि भएको

निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा