२४ बैशाख २०८१, सोमबार | May 6, 2024

रुपन्देही घटनाबारे संसदमा एमालेको आरोप : गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन भन्दै एमाले सांसदको नाराबाजी



काठमाडौं । सोमबार बसेको बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरेका छन् ।

चालू नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसदहरूले नाराबाजी गर्दै आइरहेका छन् । सोमबार पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले ‘देश लुट्न पाइँदैन, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरेका हुन् ।

हिजो आइतबार रुपन्देहीको बुटवल १७ मा निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रमा  प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो । सरकारले औद्योगिकरण गर्न खोजिएको जग्गा कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुबाट आएका मानिसहरुले हडप्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् । आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले सांसदले सभामुख सापकोटाको विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  २ : ५७ बजे

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म