२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मोतिपुर झडपमा परी मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले एक/एक लाख रूपैयाँ दिने



बुटवल । रूपन्देहीको मोतिपुरमा प्रहरीसँगको झडपमा परी मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एक/एक लाख रूपैयाँ दिने भएको छ ।

बुटवल उपमहानगरपालिका-१७ मोतिपुरमा सुकुम्बासीको नाममा निर्माणाधिन औद्यौगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको छ ।

प्रदेश सरकारका प्रवक्ता तथा अन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सर्वदलीय बैठकको निर्णय अनुसार मृतकको परिवारलाई १/१ लाख रूपैयाँ दिने निर्णय भएको जानकारी दिए । ‘घाइतेहरूको उपचारमा कुनै कमी आउन नदिने पनि निर्णय भएको छ ।
घाइतेहरू धेरै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत छन् ।

दुई जना प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।’ घटनामा प्रहरी र सर्वसाधारण गरी ५० भन्दा बढी घाइते भएका छन् । घटनाको आधिकारिक जानकारी दिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अहिले चार बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ३ : ३४ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ