६ श्रावण २०८३, बुधबार | July 22, 2026

चाडपर्वको अवसरमा कुमारी बैंकले ल्यायो “डिजिटल दक्षिणा” अभियान



काठमाडौं । डिजिटल बैंकिंग क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवासुविधा प्रदान गर्दै आइरहेको कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा “डिजिटल दक्षिणा” अभियान ल्याएको छ ।

कोरोना माहामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदान मार्फत् कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले सो योजना ल्याईएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले व्यक्त गरेका छन् ।

यसै सन्दर्भमा चाडपर्वकै अवसरमा नयाँ नोटको आगमन मात्र नभई चाडपर्वमा टिका, रङ्ग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्षिणाले कम गर्ने बिचार यसै बैंकका डिजिटल बैंकिंग प्रमुख अनिष ताम्राकारले व्यक्त गरे ।

यस अभियान अन्तर्गत बडा दशैंमा पाँच दिन (विजया दशमी देखि कोजाग्रत पूर्णिमा सम्म), तिहारमा तिन दिन (लक्ष्मी पुजा देखि भाईटिका सम्म) तथा छठ पर्वको दिन कुमारी स्मार्ट मोबाइल बैकिङ एपमा भएको डिजिटल दक्षिणा मार्फत गरिएको अन्तर बैंक रकमान्तरमा लाग्ने सेवा शुल्क, क्यास्ब्याक मार्फत ग्राहकलाई फिर्ता गर्ने सुविधा बैंकले प्रदान गर्नेछ ।

कोभिड-१९ को यस विषम परिस्थितिमा सम्पूर्ण स्वास्थ्य र सावधानीका उपायहरुको पालना गर्दै सुरक्षित किसिमले दशैं मनाउनु नै आजको अवाश्यकता ठानी आफ्ना ग्राहकवर्गलाई कुमारी बैंकले उक्त सुविधा प्रदान गर्ने भएको हो ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिंग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको कुमारी बैंकले हाल आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ५ : ३६ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको