२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलको मोतिपुरमा लगाइएको कर्फ्यू आज रातिबाट हट्ने



बुटवल । प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडपपछि रुपन्देहीको मोतिपुरमा लगाइएको कर्फ्यू मंगलबार रातिबाट हट्ने भएको छ ।

झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले गत आइतबार अपरान्ह ४ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेको थियो ।

स्थिति सहज हुँदै गएपछि मंगलबार राति १२ बजेदेखि कर्फ्यू हटाउन लागिएको जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरी जानकारी गराएको छ ।

प्रशासनले पूर्वतर्फ बुटवल १७ शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर, रानीगञ्ज बस्ती तथा वडा नं १८ को औद्योगिक करिडोरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

प्रहरीले औद्योगिक क्षेत्रमा बनाइएका टहरा हटाउने क्रममा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएपछि आइतबार दिनभर सो क्षेत्रको स्थिति तनावपूर्ण बनेको थियो । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो ।

प्रशासनले रातिको समयमा टहरा भत्काइदिँदै आएको थियो । तर त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो । यसैबीच घटनाको सन्दर्भमा जिल्लास्थित सबै राजनीतिक दलहरु सहभागी समन्वयात्मक बैठकले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको छ ।

मृतकका परिवारलाई किरिया खर्चवापत नेपाल सरकारका तर्फबाट ५० हजार र राहतस्वरुप ५ लाख तथा लुम्बिनी प्रदेश सरकारका तर्फबाट प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउन सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीले जानकारी दिए ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ६ : १४ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय