११ श्रावण २०८३, सोमबार | July 27, 2026

आफ्नो भूमिकाबारे समिक्षा गर्न सभामुख सापकोटा तयार : भन्छन्, ‘एमालेले पनि समिक्षा गर्नु पर्छ’



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी कात्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठक सहजरुपमा सन्चालन हुने विश्वास व्यक्त गरेका छन् ।

बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानी गर्दै समाभुख सापकोटाले संसद सन्चालनको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गर्न आफु तयार रहेको बताए ।

एमालेले आफ्नो भुमिकाका बिषयमा एमालेले आशंका गरेकोमाआफ्नो भूमिकाबारे एमालेसँग बसेर समीक्षा गर्न आफू तयार रहेको समेत बताए । आफुसँगै एमालेले पनि आफ्नो भुििमकाका विषयमा समिक्षिा गर्न आवश्यक रहेको ।सापकोटाले बताए ।

‘मैले फेरि फर्केर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ, उहाँहरुले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ,’ सभामुख सापकोटाले भने, ेजतिसुकै ठूलो समस्या भएपनि संवादको विकल्प छैन ।

नेकपा एमालेलाई फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको भन्दै नयाँ सरकार बने यता एमालेले लगातार संसद अवरुद्ध पार्दे आएको छ । संसद सुचारु गर्ने विषयमा समामुख र प्रधानमन्त्री उउवाले बोलाएको सर्वदलीय बैठक समेत एमालेले बहिस्कार गरेको थियो ।

राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै सभामुख सापकोटाले विजया दशमीले सकारात्मक सोचको विकास गराउने विश्वास व्यक्त गरे । सभामुख सापकोटाले संवादबाट निचोड निकाल्दै निस्कर्षमा पुग्नका लागि सबै औपचारिक, अनौपचारिक,ट्रयाक वान, टू, सबै उपायहरु अवलम्बन गर्नका लागि आफुले मिहेनत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्ने आरोपको प्रतिवादसमेत गरे । ‘सरकारले, गठबन्धनका सबै नेताहरुले र विपक्षी दलका नेताहरु सबैले समिक्षा गरौं भन्ने अपील गर्न चाहन्छु ।’ उनले भने ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १ : ५३ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले