२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नेपालबाहेक यी देशमा पनि मनाइन्छ दशैँ



काठमाडौँ । हिन्दुहरूको महान पर्व दशैँ नेपालमा मात्र नभएर अन्य केही देशमा पनि मनाइन्छ । हिन्दुहरुको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पूजा गर्छन् ।

छिमेकी मुलुक भारतका विभिन्न राज्यमा फरक फरक ढंगले दशैँ मनाइन्छ । भारतमा विशेषगरि नवदुर्गाको पुजा गरिन्छ । सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टिका लगाइन्छ । भारतबाहेक वंगलादेश, बर्मा, थाइल्याण्ड, भुटान, श्रीलंका र मलेसियामा पनि दशैँ मनाइन्छ । मनाउने शैली फरक भए पनि अधिकांशले नवदुर्गाको पुजा आराधना गर्छन् ।

पश्चिम बंगालमा नवदुर्गा पूजाको आरधना गरेर मनाइन्छ । बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ । सप्तमी, अष्टमी र नवमीमा दुर्गाको पूजा हुन्छ ।

आंध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दशैँ मनाइन्छ । लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ । पहिला तीन दिन धन र समृद्धिकी देवी लक्ष्मीको आरधना गरिन्छ भने दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पुजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पुजा गरिन्छ ।

गुजरातमा दशैँको अवसरमा गरबा नृत्य गरिन्छ । त्यस्तै, महाराष्ट्रमा देवीको पुजा आराधना गरेर मनाइन्छ । कश्मीरका अल्पसंख्यक हिन्दूले नवरात्रि मनाउँछन् । परिवारका सबै वयस्क नौ दिनसम्म उपवास बस्छन् । भक्तजनरू नवरात्रीभर माता भवानीको दर्शन गर्छन् । नवरात्रीमा तालको बीचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य हुन्छ ।

करिब १ लाख नेपालभाषी रहेको बर्मामा पनि दशैँ मनाइन्छ । नेपालभाषीको बाहुल्यता रहेको पूर्वराजधानी सहर यांगुन, मन्डला पिन यु एलवीन, मोगोक, तमु, कलामयो, ताउनगीमा दसैं मनाइन्छ ।

वर्मापछि वंगलादेशमा पनि दसैं मनाइन्छ । १६ करोड जनसंख्या भएको वंगलादेशमा १४ प्रतिशत हिन्दु धर्मालम्बी छन् । हिन्दु धर्मालम्बीले नवदुर्गाको पुजा आरधना गर्छन् । वंगलादेश बस्ने नेपालीबाहेक अन्यले भने टिका लगाउँदैनन् ।

त्यस्तै बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको श्रीलंकामा पनि हिन्दुहरूले दशैँ मनाउँछन् । त्यसैगरी मलेसिया, थाइलेन्ड इन्डोनेसियाका हिन्दुहरुले मनाउँछन् ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ९ : ०१ बजे

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa

कांग्रेसको नारावाजीका बीच गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त

सकियो अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी : लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका