२९ चैत्र २०८२, आइतबार | April 12, 2026

कसैको दबाबमा काम गर्दिन : सभामुख सापकोटा



सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले कसैको दवावमा परेर राष्ट्र र जनताको हितविपरित काम नगर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ फुल्पीङडाँडामा फ्याफुल्ला क्लब भवनको उद्घाटन एवं विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा आज पुगेका सभामुख सापकोटाले दुई वर्षयता राष्ट्रले कोभिड–१९, प्राकृतिक विपत्ति र राजनीतिक उतार चढावजस्ता सङ्कट बेहोर्नुपरेको चर्चा गर्दै ती सबैबाट क्रमशः पार पाउँदै गएको उल्लेख गरे ।

एक प्रसङ्गमा नयाँ पुस्ताको उत्साह र जाँगरलाई खेर जान दिन नहुने भन्दै उनले उनीहरुलाई राष्ट्र निर्माणमा सहभागी हुन उत्साहित गराउनुपर्नेमा जोड दिए ।

खेल मैदानसहित सुविधा सम्पन्न दुई तले क्लब भवन निर्माणका लागि निर्वाचन विशेष कार्यक्रमअन्तर्गत सभामुखबाट रु २० लाख, बागमती प्रदेश सरकारबाट रु ३० लाख र गाउँपालिकाबाट रु पाँच लाखसहित रु ५५ लाखमा सम्पन्न भएको बताइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ७ : ३५ बजे

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्