३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

चेन्नई सुपर किंग्सलाई चौथो पटक आईपीएल उपाधि



काठमाडौं । चेन्नई सुपरकिंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ ।

यूएईमा सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सले चौथो पटक उपाधि जितेको हो ।

च्याम्पियन चेन्नईले १० करोड भारु र उपविजेता कोलकताले ६ करोड २५ लाख भारु पुरस्कार पाएका छन् ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर फिल्डिङ रोजेको कोलकाताले १९३ रनको लक्ष्य पाएको थियो । कोलकाताले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १६५ रन जोडेको थियो ।

सुरुआती ब्याटिङका लागि निस्किएको चेन्नईले निर्धारित पूरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १९२ रन बनाएको थियो । चेन्नईका लागि ओपनर फाफ डुप्लेसिसले सर्वाधिक ८६ रनको अर्धशतकीय पारी खेले । उनले ५९ बलमा सात चौका र तीन छक्कासहित सो रन जोडेका थिए । अर्का ओपनर रितुराज गायक्बडले ३२ रन बनाए । त्यस्तै, रोबिन उथप्पाले ३१ रन बनाए भने मोइन अलीले ३७ रन बनाएका थिए ।

चेन्नईले यसअघि २०१०, २०११ र २०१८ मा उपाधि जितेको थियो । चेन्नईले २०१० मा मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको थियो ।

२०११ मा चेन्नईले बेंगलोरलाई ५८ रनले पराजित गर्दै लगातार उपाधि जितेको थियो । २०१८ मा हैदराबादलाई ८ विकेटले पराजित गर्दै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको थियो । चेन्नई २००८, २०१२, २०१३, २०१५ र २०१९ मा उपविजेता बनेको थियो ।

कोलकत्ताले सन् २०१४ मा आईपीएलको उपाधि जितेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ६ : ५१ बजे

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर । हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका

लागुऔषधसहित नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

काठमाडौं । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष