७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अफगानिस्तानको सिया मस्जिद हमलाको सुरक्षा परिषद् र पाकिस्तानद्धारा निन्दा



इस्लामावाद । अफगानिस्तानको कान्दाहार शहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो । नागरिकले आफ्नो धार्मिक आस्था व्यक्त गर्ने मस्जिद जस्तो स्थानमा गएर उनीहरुको हत्या गर्र्नु एक प्रकारको जघन्य अपराध भएको सो विज्ञप्तिमा जनाइएको छ ।

शुक्रबार अफगानिस्तानको कान्दाहारस्थित सिया मुस्लिम समुदायका नागरिकको उक्त मस्जिदमा प्रार्थनाका बेलामा भएको सो विस्फोटमा परी ३२ जनाको ज्यान गएको बताइएको छ । शुक्रबार अपराह्न एकै पटक तीन वटा विस्फोट भएको र ती विस्फोटमा परेर कम्तीमा ३२ जनाको ज्यान गएको तथा भने अरु कम्तीमा पनि ६८ जना घाइते भएका अफगानिस्तानको सुरक्षा निकायले जनएको छ ।

साथै सो हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पनि निन्दा गरेको छ । सुरक्षा परिषदको शुक्रबारको बैठकले सो हमलाको निन्दा गर्दै यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गर्न पनि माग गरेको छ ।

शुक्रबार तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार एकजना आक्रमणकारीले सो मस्जिदको प्रवेशद्वारमा विस्फोट गराएको र अरु जना भने मस्जिदको भित्रै प्रवेश गरेर आक्रममण गरेका थिए । त्यस समयमा सो मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेकाले गर्दा धेरै नागरिको ज्यान गएको बताइएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ५ : ४५ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी