२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

सुदुरपश्चिममा बाढीको वितण्डा : १० जनाको मृत्यु, २३ बेपत्ता, ५ जनालाई नदिले बगायो (नाम सहित)



धनगढी । अबिरल बर्षाका कारण सुदुरपश्चिम प्रदेशमा मात्र १० जनाको ज्यान गएको छ । प्रदेशमा बाढी पहिरोमा परि ६ जना घाइते भएको २३ जना बेपत्ता भएको तथा ५ जनालाई नदिले बगाएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाढी र पहिरोमा परि मृत्यु हुनेमा डोटीका ८ जना र डडेल्धुराका २ जना छन् । प्रहरीले दिएको जानकारी अनुसार डोटीका ११ वर्षिय आशिष कुन्जेडा, १४ वर्षिय सागर कुन्जेडा, ६३ वर्षिय जोगी सार्की, ४२ वर्षिय शेरबहादुर बिक, १३ वर्षिय मोहन बिक, १३ वर्षिया पवित्रा बिक, १६ वर्षिय रबिन बिक र ३६ वर्षिया मन्धरा बलायरको बाढी पहिरोमा परि मृत्यु भएको छ । त्यसैगरि डडेल्धुराका ३२ वर्षिय विष्णु अवस्थि र ६५ वर्षिया नरपता शाहीको पनि बाढीबाट मृत्यु भएको छ ।

बाढी पहिरोमा परि घाईतेहरुमा डोटीका बीरबहादुर कन्जेडा, बासुदेबी कुन्जडा, बिन्दा कुन्जेडा, झुपरि सार्की तथा डडेल्धुराका देवकी रावल र ग्रीस रावल रहेका छन् ।

पहिरोमा परि २३ जना बेपत्ता भएको समेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बझाङका उजली पार्कि, हासु पार्की, आयसु पार्की, हिमा पार्की, सिमा पार्की, हर्क सार्की, धनगिरि सार्की , सिता सार्की , प्रभा सार्की , भुमिका सार्की , इस्वरा देवि सार्की , संजिव सार्की , सर्मिला सार्की , सुवास सार्की , विकास सार्की , मिकेस सार्की , मदन सार्की , कलु सार्की , एलिसा सार्की , कम्मा सार्की , सबिना सार्की , सरोज सार्की र सिम्जिबि सार्की अहिले सम्म बेपत्ता छन् ।

प्रदेशमा कैलालीका ४ जना र डोटीका १ जनालाई नदिले बगाएको समेत प्रहरीले जनाएको छ । नदिले बगाएकोमा कैलालीका ३० वर्षिय गणेश आउजी, ६१ वर्षिय खडक बहादुर घर्ति मगर, ३५ वर्षिय बिक्रम घर्ति मगर र २६ वर्षिय खडक राना मगर रहेका छने भने डोटीका ७४ वर्षिय बिरे रोकायालाई पनि नदिले बगाएको प्रदेशले जनाएको छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ९ : ५० बजे

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना