६ भदौ २०८३, शनिबार | August 22, 2026

बुटवलमा महाधिवेशन गर्ने ओलीको एकल घोषणालाई एमाले स्थायी कमिटीले उल्टायो



काठमाडौं । प्रथम विधान महाधिवेशनको समापन समारोहमा पार्टीमा निर्णय नै नगरि एमाले अध्यक्ष केपी शर्मा ओलीले बुटवललाई दशौं महाधिवेशनको स्थल ताकिदिएपनि नेकपा एमालेको बिहिबार बसेको स्थायी कमिटी बैठकले ओलीको घोषणा विपरित दशौं महाधिवेशन स्थल परिवर्तन गरिदिएको छ । ओलीको एकल निर्णयबाट बुटवलमा महाधिवेशन गर्ने भनिएपनि स्थायी कमिटीको बैठकले स्थान परिवर्तन गरेको हो । आगामी मंसिरमा एमालेको महाधिवेशन बुटवलको साटो चितवनमा हुने भएको छ ।

बिहीबारको स्थायी कमिटी बैठकले असोज १५–१७ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशनको समीक्षा गरेको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले बताए । १० बुँदे सहमतिका विषयमा विहिबारको बैठकमा छलफल हुने भनिएपनि बैठकमा सो सम्बन्धमा कुनै छलफल नभएको ती नेताले बताए । बुधबार एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदको औचित्य सकिएको बताएपछि तेस्रो धारका नेताहरुले बिहिबारको बैठकमा प्रतिबाद गर्ने अनुमान गरिएको थियो ।

बुटवलमा महाधिवेशन हुने घोषणा भए लगत्तै रुपन्देहीका एमाले कार्यकर्ताहरु उत्साहित बन्दै महाधिवेशनमा खट्ने तयारी समेत सुरु गरिसकेका थिए ।

बैठकले दशौं महाधिवेशन सफल पार्नका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गरेको बैठकपछि पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारहरुलाई जानकारी दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ९ : ०३ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक