२३ बैशाख २०८१, आइतबार | May 5, 2024

आफ्नोबारेमा सोच्ने तर संस्थाका बारेमा नसोच्ने प्रवृत्ति हटाउन शिक्षा मन्त्री पौडेलले दिए कर्मचारीहरुलाई निर्देशन



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कर्मचारीका शत्रुका रूपमा रहेका अल्छिपना, उदासीन, लापर्वाही र भ्रष्टाचारलाई सबैले त्याग्नुपनेृ बताएका छन् । आज सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको अवलोकन गर्दै मन्त्री पौडेलले आफ्नोबारेमा सोच्ने तर संस्थाका बारेमा नसोच्ने प्रवृत्ति हटाएर भ्रष्टाचारको सोच कतै नराख्न सीटीईभीटीका कर्मचारीहरुलाई निर्देशन दिए । । सीटीईभीटीका अध्यक्षसमेत रहेका मन्त्री पौडेलले कुनै पनि दलका नेता, सांसद वा कसैको पनि दबाबमा नभई आवश्यकताका आधारमा सम्बन्धन दिन निर्देशन दिए ।

उनले ज्ञानलाई तालिमसँग, तालिमलाई उत्पादनसँग जोडेर लैजानुपर्ने औँल्याउँदै मौलिक हकका रूपमा रहेको रोजगारीसँग जोडेर सीप र ज्ञानलाई अगाडि लैजान समेत कर्मचारीहरुलाई निर्देशन दिए । ‘कुर्सीमा मात्रै बस्ने होइन, संस्था सुधार्ने काम गर्नुहोस्, सिटिइभिटीको नामै काफी छ भन्ने अवस्था बनाउनुहोस्, सबै तल्लो तहसम्म प्रभावकारी हुने गरी काम गर्नुहोस् ।’ शिक्षामन्त्री पौडेलले भने ।

उनले सिटिइभिटी अब आफैँ आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदै उत्पादनसँग जनशक्तिलाई जोडेर समाजवादतर्फ जानुपर्ने बताए । उनले सिक, कमाउ र तिर भन्ने अवधारणातर्फ जानुपर्ने बताउँदै रोजगारीको खोजी गर्दै सीप खोज्न आउने किसान, श्रमिक, गरिब, उत्पीडित लक्षित जनसमुदाय नै हुन् भन्दै उनले सीप खोज्न आउनेलाई रोजगारीमा आधारित ज्ञान र सीप दिनुपर्नेमा जोड दिए ।

सीटीईभीटीको पाठ्यक्रमलाई सुधार गर्ने, यहाँका चुनौतीको सामना गर्दै सबै समस्यालाई एकएक गरी हल गर्दै जाने पौडेलको भनाई छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ९ : ३४ बजे

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa

कांग्रेसको नारावाजीका बीच गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त

सकियो अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी : लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका