२१ भदौ २०८३, आइतबार | September 6, 2026

आफ्नै सपनाहरु !



कवि डिबी गुरुङ

छरेको थिएँ धान
अनि
उमारेको थिएँ बीऊ
रोपेको थिएँ असारमास
खेतका गराहरुमा छुपुछुपु !
दर्के झरिमा थिएनन् स्यागु र छत्री पनि
न थिए ओत लाग्ने प्लाष्टिक र टहराहरु !
खाएका थिए खुट्टाका ओैंलाहरु
पैतालाहरु त चाल्नाजस्तै थिए हिलोले
झरिले जीउ रुझेपनि
प्यासले प्याक प्याक थियो ओंठ-मुख !
तैपनि रोपिरहें
विश्वासका बीऊ
फुल्ने,झुल्ने र फल्ने आशमा !
भोको पेटले अघाउने सपनामा रोपेको थिएँ बीऊ
मनको मल मिसाएको थिएँ अलिकति
आँसुका दानाहरुले सिंचाई गरेको थिएँ
गोडमेल गर्ने हातहरु
थाकेनन् कसैगरी
अनि
लाग्यो रहर लाग्दो गरि दाना
झुल्यो लरिबरी गर्दै फाँटहरुमा
मनको भकारीमा राख्न नभ्याउँदै
थिच्यो पानीले
मिच्यो पानीले
घिच्यो पानीले
मिहिनेतको पसिनाले सकेन आकासे पानी थेग्न १
चुर्लुम्म डुब्दै
उठाई रहेछु
धानका बालाहरु
जहाँ मेरा सन्तानका भोकहरु लुकेका छन्
वर्तमानका पीडा र शोक लुकिरहेका छन् ।
म उठाईरहेछु
डुबिरहेका आफ्नै सपनाहरु !

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ९ : ०४ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका