१८ माघ २०८२, आइतबार | February 1, 2026

आफ्नै सपनाहरु !



कवि डिबी गुरुङ

छरेको थिएँ धान
अनि
उमारेको थिएँ बीऊ
रोपेको थिएँ असारमास
खेतका गराहरुमा छुपुछुपु !
दर्के झरिमा थिएनन् स्यागु र छत्री पनि
न थिए ओत लाग्ने प्लाष्टिक र टहराहरु !
खाएका थिए खुट्टाका ओैंलाहरु
पैतालाहरु त चाल्नाजस्तै थिए हिलोले
झरिले जीउ रुझेपनि
प्यासले प्याक प्याक थियो ओंठ-मुख !
तैपनि रोपिरहें
विश्वासका बीऊ
फुल्ने,झुल्ने र फल्ने आशमा !
भोको पेटले अघाउने सपनामा रोपेको थिएँ बीऊ
मनको मल मिसाएको थिएँ अलिकति
आँसुका दानाहरुले सिंचाई गरेको थिएँ
गोडमेल गर्ने हातहरु
थाकेनन् कसैगरी
अनि
लाग्यो रहर लाग्दो गरि दाना
झुल्यो लरिबरी गर्दै फाँटहरुमा
मनको भकारीमा राख्न नभ्याउँदै
थिच्यो पानीले
मिच्यो पानीले
घिच्यो पानीले
मिहिनेतको पसिनाले सकेन आकासे पानी थेग्न १
चुर्लुम्म डुब्दै
उठाई रहेछु
धानका बालाहरु
जहाँ मेरा सन्तानका भोकहरु लुकेका छन्
वर्तमानका पीडा र शोक लुकिरहेका छन् ।
म उठाईरहेछु
डुबिरहेका आफ्नै सपनाहरु !

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ९ : ०४ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि