१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

आफ्नै सपनाहरु !



कवि डिबी गुरुङ

छरेको थिएँ धान
अनि
उमारेको थिएँ बीऊ
रोपेको थिएँ असारमास
खेतका गराहरुमा छुपुछुपु !
दर्के झरिमा थिएनन् स्यागु र छत्री पनि
न थिए ओत लाग्ने प्लाष्टिक र टहराहरु !
खाएका थिए खुट्टाका ओैंलाहरु
पैतालाहरु त चाल्नाजस्तै थिए हिलोले
झरिले जीउ रुझेपनि
प्यासले प्याक प्याक थियो ओंठ-मुख !
तैपनि रोपिरहें
विश्वासका बीऊ
फुल्ने,झुल्ने र फल्ने आशमा !
भोको पेटले अघाउने सपनामा रोपेको थिएँ बीऊ
मनको मल मिसाएको थिएँ अलिकति
आँसुका दानाहरुले सिंचाई गरेको थिएँ
गोडमेल गर्ने हातहरु
थाकेनन् कसैगरी
अनि
लाग्यो रहर लाग्दो गरि दाना
झुल्यो लरिबरी गर्दै फाँटहरुमा
मनको भकारीमा राख्न नभ्याउँदै
थिच्यो पानीले
मिच्यो पानीले
घिच्यो पानीले
मिहिनेतको पसिनाले सकेन आकासे पानी थेग्न १
चुर्लुम्म डुब्दै
उठाई रहेछु
धानका बालाहरु
जहाँ मेरा सन्तानका भोकहरु लुकेका छन्
वर्तमानका पीडा र शोक लुकिरहेका छन् ।
म उठाईरहेछु
डुबिरहेका आफ्नै सपनाहरु !

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ९ : ०४ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका