६ पुस २०८२, आइतबार | December 21, 2025

देउखुरीमा टाटा सुमो गाडी दुर्घटना हुदाँ १० जना घाइते, एकजनाको अवस्था गम्भीर



दाङ । देउखुरीमा टाटा सुमो गाडी दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । प्युठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नम्बरको सुमो गाडी शनिबार पौने १ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना भएको हो।

दाङको सतबरियामा किनेको जग्गा हेरफेर गर्न आउँदै गर्दा बाटोमा दुर्घटना भएको घाइते गणेश बहादुर घर्ती मगरले जानकारी दिए । दुर्घटनामा पर्नेहरूमा प्युठान नगरपालिका विभिन्न वडाका १७ वर्षिया मिना घर्ती, १५ वर्षिया रबिना घर्ती, १० वर्षिय बिजय घर्ती, ३५ वर्षिया जिता घर्ती, २२ वर्षिया कुमारी राना, वर्ष २२ कै लक्ष्मी खड्का, ३ वर्षका आरस खड्का, ५३ वर्षिया दिलसरी राना र लमही ६ देउपुर निवासी वर्ष ३६ को तुल्सिराम न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते मध्य ५३ वर्षिया दिलसरी रानाको अवस्था गम्भीर भएकोले बाहिर रिफर गर्ने तयारी भएको प्हरीले जनाएको छ । अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १ : ४५ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा