१० श्रावण २०८३, आइतबार | July 26, 2026

देउखुरीमा टाटा सुमो गाडी दुर्घटना हुदाँ १० जना घाइते, एकजनाको अवस्था गम्भीर



दाङ । देउखुरीमा टाटा सुमो गाडी दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । प्युठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नम्बरको सुमो गाडी शनिबार पौने १ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना भएको हो।

दाङको सतबरियामा किनेको जग्गा हेरफेर गर्न आउँदै गर्दा बाटोमा दुर्घटना भएको घाइते गणेश बहादुर घर्ती मगरले जानकारी दिए । दुर्घटनामा पर्नेहरूमा प्युठान नगरपालिका विभिन्न वडाका १७ वर्षिया मिना घर्ती, १५ वर्षिया रबिना घर्ती, १० वर्षिय बिजय घर्ती, ३५ वर्षिया जिता घर्ती, २२ वर्षिया कुमारी राना, वर्ष २२ कै लक्ष्मी खड्का, ३ वर्षका आरस खड्का, ५३ वर्षिया दिलसरी राना र लमही ६ देउपुर निवासी वर्ष ३६ को तुल्सिराम न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते मध्य ५३ वर्षिया दिलसरी रानाको अवस्था गम्भीर भएकोले बाहिर रिफर गर्ने तयारी भएको प्हरीले जनाएको छ । अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १ : ४५ बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल