२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

बुटवलमा एम्बुलेन्स र मोटरसाईल ठोक्कियो, २ जनाको मृत्यु



बुटवल । बुटवलको तामनगरमा एम्बुलेन्स र मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा एकआपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गए मध्य राति भएको दुर्घटनामा मोटरसाइकल चालक गुल्मी स्थायी घर भएका तिलोत्तमा नगरपालिका ३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडी बसेका सैनामैना ४ का ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु भएको हो। दुर्घटनामा गम्भिर घाइते भएका थापा र क्षेत्रीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता डीएसपी डिल्ली नारायण पाण्डेले बताए ।

त्यस्तै एम्बुलेन्स चालक गैंडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ घाइते भएको र उनको प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि प्रहरी नियन्त्रणमा राखिएको पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १२ : १७ बजे

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल