२१ असार २०८३, आइतबार | July 5, 2026

खोटाङमा एमालेको ७८ वडा अधिवेशन टुंगियो, एकमा विवाद



खोटाङ । विवादका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीमा नेकपा एमालेको वडा अधिवेशन स्थगित भएको छ । अध्यक्ष पदका आकांक्षी प्रदीप राई र नारायण कार्कीले आ-आफ्नो दाबी नछाडेपछि एमाले राजापानीको वडा अधिवेशन हुन नसकेको हो ।

९ कात्तिकमा हुने पालिका अधिवेशनपछि वडा कमिटीलाई टुंगो लगाउने तयारी गरिएको एमालेले जनाएको छ । प्रदीप निवर्तमान वडा कमिटी अध्यक्ष हुन् । यद्यपि, विवादका बीच नगर अधिवेशनमा सहभागी हुने पाँच जना प्रतिनिधि भने चुनिएका छन् । जिल्लाका ७९ वडामध्ये ७८ वडाको अधिवेशन सम्पन्न भइसक्दा राजापानीको अधिवेशन बाँकी रहेको नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए ।

विभिन्न कारणले ६ र ७ कात्तिकमा हुन नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडा, दिप्रुङ चुईचुम्मा गाउँपालिका-५ सछितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ टेम्मा र रावाबेँसी गाउँपालिका-६ हौंचुरको वडा अधिवेशन ८ कात्तिकमा सम्पन्न भएको छ ।

यस्तै हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम र हलेसी तुवाचुङ नगरपालिका-८ धितुङको वडा अधिवेशन ८ कात्तिकमै टुंग्याइएको एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए ।

आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेशनबाट जिल्लाका २ हजार ४४९ जना वडा स्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदैछन् । प्रतिवडा ३१ सदस्यीय वडा कमिटीमा वडा स्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप-सचिवसहित सदस्य चयन गरिरहेका छन् ।

आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १० औं महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : ५७ बजे

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल