१० श्रावण २०८३, आइतबार | July 26, 2026

मकालुको वडा-५ मांसिमालाई छुट्टै वडा बनाउन माग



संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ मा मांसिमालाई छुट्टै वडा बनाउन स्थानीयले माग गरेका छन् । मांसिमाबासीले वडा नम्बर-५ लाई छुट्टै वडा बनाउन माग गरेको मकालु-५ का वडाध्यक्ष जापान गुरुङले जानकारी दिए ।

भौगोलिक हिसाबले बिकट मानिएको मांसिमादेखि वडा कार्यालय आउन एक दिनको पैदल लाग्छ । मांसिमाका करिब २ सय ५० घर परिवार भएको वडाध्यक्ष गुरुङले बताए । मांसिमाका स्थानीयले सामान्य जन्म दर्ता, मृत्यु दर्ता जस्ता काम गर्न एक दिनको पैदल हिँडेर नुम आइपुग्नु पर्छ ।

सडक सञ्जाल नजोडिएको मांसिमाबासीले वडा कार्यालयको सेवा लिन एक दिनको पैदल हिँड्नु पर्ने स्थानीय ज्ञान बहादुर गुरुङले बताए । सडक सञ्जाल नभएका कारण मांसिमाबासी वडा कार्यालयमा पुगेर आफ्नो काम सम्पन्न गर्नलाई चार पाँच दिनसम्म लाग्ने गरेको स्थानीयको गुनासो छ ।

मांसिमा गाउँमा गुरुङ र राई जातीको मात्र बसोबास छ । भूगोल र जनसंख्याको हिसाब हेर्ने हो भने मांसिमा छुट्टै वडा निर्माणका प्रशस्त आधार रहेको स्थानीय श्याम कुमार गुरुङले बताए ।

भौगोलिक बिकट मांसिमाबासी आफ्नो छुट्टै वडा नहुँदा वडाको केन्द्रसम्म पुग्न विभिन्न समस्या झेल्दै आएको उनीहरूको भनाइ छ । स्थानीयको माग अनुसार मांसिमा गाउँलाई छुट्टै वडा बनाउन गत जेठ १० गते गाउँसभाले निर्णय गरेको वडाध्यक्ष गुरुङले बताए ।

यस वर्ष गाउँसभाबाट समेत पारित भइसकेको वडाध्यक्ष गुरुङले बताए । छुट्टै वडा बनाउन गाउँसभाले निर्णय प्रदेश सरकार र स्थानीय विकास मन्त्रालयलाई पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

छुट्टै वडा निर्माणका लागि सम्पूर्ण आधार पुरा हुनसक्ने भन्दै स्थानीय सरकारसमेत यसको पहलमा अघि बढिरहेको छ । वडा भित्रको पनि छुट्टै भूगोल भएको मांसिमा गाउँमा शिक्षा स्वास्थ्यको पहुँच निकै टाढा छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ८ : ५३ बजे

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस