३ पुस २०८२, बिहिबार | December 18, 2025

एस्ट्राजेनिका खोपको दोस्रो मात्रा आजदेखि



काठमाडौं । कोभिड-१९ विरुद्धको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा आज मंगलबारदेखि काठमाडौं जिल्लामा लगाइँदैछ ।

काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्षमाथिकालाई दोस्रो मात्रा दिन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौं महानगरमा नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रिरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप लगाइने जानकारी दिएको छ ।

यी अस्पतालमा दुई दिनसम्म खोप दिइनेछ । बाँकी स्थानीय तहमा तीनदिनसम्म खोप लगाउन पाइनेछ ।

काठमाडौं महानगरको हकमा १० कात्तिक सबै वडामा खोप केन्द्र सञ्चालन हुनेछ । खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले आह्वान गरेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : १६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका