२४ बैशाख २०८१, सोमबार | May 6, 2024

रुपन्देहीको सेमलारमा हुने बि लेभल ब्याडमिन्टनको तयारी पुरा



बुटवल । स्व दिलिप पुन, कृष्ण पौडेल, लक्ष्मण तिवारी स्मृतिमा बि लेभल खुल्ला तथा भेट्रान्स पुरुष ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ । नव पंन्चरत्न युवा क्लबको आयोजनामा कार्तिक १२ र १३ गते रुपन्देहीको सेमलारमा प्रतियोगिता हुने छ ।

खेलका लागि प्रतियोगितामा खेलाडी सहभागीता, मैदान रंगरोगन, ट्रफी ब्यवस्थापन लगायतका कामहरु विभिन्न उपसमितिहरुमार्फत गरिएको क्लबका अध्यक्ष जयमंगल भुषालले बताए । सेमलार क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका ३ जना युवाहरुको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरि उनले बताए ।

प्रतियोगिताका संयोजक शिव रानाले डबल्स खुल्ला र डबल्स भेट्रान्स गरि २ विधामा प्रतियोगिता हुने बताए । खुल्लातर्फ उपाधि विजेता टिमले नगद ३५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । यसैगरि उपविजेता टिमले नगद २० हजार रुपैया तथा तृतिय टिमले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए ।

भेट्रान्स तर्फ उपाधि विजेताले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १२ हजार हजार रुपैया कप, मेडल, प्रमाणपत्र तथा तृतिय स्थान हासिल गर्ने टिमले नगद ६ हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी ३ हजार रुपैया, कप तथा उदयमान खेलाडीलाई नगद २ हजार ५ सय रुपैया, कपबाट पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा करीब १५ जिल्लाका खुल्लातर्फ ६४ र भेट्रान्स तर्फ ३२ टिमले भाग लिने उनले बताए । दुई दिने संचालन हुने प्रतियोगितामा करिब ६ लाख खर्च हुने आयोजकको अनुमान छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १५ का वडाअध्यक्ष तथा क्लबका सल्लाहकार डम्बर बहादुर भण्डारीले जनप्रतिनिधिहरुले प्रतिवद्घता अनुसार खेल क्षेत्रमा काम गरेको दाबी गरे । करीब २ करोड ५० लाख लगानीमा सेमलार कबर्ड हल अन्तिम चरणमा पुगको उनले बताए । कार्यक्रममा खेलप्रेमी जिवकान्त काफ्ले, पुर्ण प्रसाद काफ्ले, गंगा नेपाल, शिव राना, सचिव नारायण प्रसाद भुषालले सेमलार खेलकुद हबका रुपमा विकास गर्ने लक्ष्य अनुसार सबै लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ३ : १७ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र