७ श्रावण २०८३, बिहिबार | July 23, 2026

सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहना तर छैन सजिलो



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा १० औं महाधिवेशनको सरगर्मी बढेको छ ।

महाधिवेशनअघि एमालेले वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गरेको छ । कतिपय ठाउँमा सर्वसम्मत त कतिपय ठाउँमा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ । केही ठाउँमा बाँकी रहेका अधिवेशन कात्तिक मसान्तभित्र सक्नुपर्ने निर्देशन पनि एमालेले दिइसकेको छ ।

१०औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरिसकेको एमाले अब क्रमशः जिल्ला, प्रदेशको अधिवेशनसँगै महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारीमा छ । एमालेको महाधिवेशन १० देखि १३ मंसिरसम्म हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भइसकेको छ ।

बिहीबार बसेको स्थायी कमिटीको बैठकले वडा, पालिकास्तरको अधिवेशनको समीक्षाका साथै महाधिवेशन प्रतिनिधि चयनको मापदण्डबारे छलफल गरेको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । शुक्रबार केन्द्रीय कमिटीको बैठक बस्दै छ । स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्न केन्द्रीय कमिटीको बैठक बस्नेछ । अन्तिम र एकअर्को केन्द्रीय कमिटीको बैठक महाधिवेशनको पूर्वसन्ध्यामा बस्नेछ ।

१०औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार अध्यक्ष केपी शर्मा ओली नै देखिएका छन् । ओलीकै लागि प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गरिसकिएको छ । नवौं महाधिवेशनबाट पारित विधानअनुसार ७० वर्ष पुगेपछि पार्टीको सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने थियो ।

तर, प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गर्दै आगामी फागुनमा ७० वर्ष पुग्न लागेका ओलीका लागि सहज बनाइएको छ । ७० वर्ष नपुग्दै कुनै नेता कुनै पनि पदमा निर्वाचित भएपछि बीचमै सक्रिय राजनीतिबाट बिदा नभई पूरा कार्यकाल जिम्मेवारी वहन गर्न पाउनेगरी भएको व्याख्या विशेषतः ओलीकै लागि हो । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ७ : ०८ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन