१ पुस २०८२, मंगलबार | December 17, 2025

किसानको सहभागितामा लगत संकलन र राहत वितरण गर : किसान महासंघ (क्रान्तिकारी केन्द्र)



काठमाडौं । सत्तारुढ नेकपा मोओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले नेपाल सरकारले घोषणा गरेको बाढी पहिरो र डुबान पीडित नागरिकका लागि घोषणा गरेको राहत प्याकेज जनताले अनुभूति गर्ने गरी तत्क्षण कार्यान्वयन गर्न माग गरेको छ । क्रान्तिकारी केन्द्रका अध्यक्ष चित्र बहादुर श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा वर्षा, बाढी, पहिरो तथा डुबान प्रभावित सम्पूर्ण किसानहरुको सहभागितामा तत्काल लगत संकलन गरी क्षतिका आधारमा क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन माग गरिएको छ ।

क्रान्किारी केन्द्रले सरकारको तर्फबाट तत्काल किसान राहत कोष स्थापना गर्न समेत माग गरेको छ । ‘प्राकृतिक विपद्हरु तथा कृषि क्षेत्रलाई प्रभावित पार्ने विभिन्न समस्याहरु नियमित रुपमाआइरहने भएकोले त्यस्ता समस्याहरु पर्दा वास्तविक उत्पादक किसानहरुलाई सहज तथा सरल तरिकाले तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन हरेक वर्ष कम्तिमा ५ अरब रुपैयाँ बराबरको बजेट विनियोजन गरी ‘किसान राहत कोष (कृषि सहायता कोष)’ स्थापना र सञ्चालन गर्न हामी नेपाल सरकारसँग जोड्दार माग गर्दछौँ ।’ विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा मौसम पूर्वानुमानका कार्यहरु र सूचना तथा जानकारीहरुलाई स्थानीय निकायहरु मार्फत किसानहरु र आमजनताको पहुँचमा पुर्याउन समेत आग्रह गरिएको छ । प्राकृतिक विपद्हरु र तिनबाट उत्पन्न हुन सक्ने जोखिमबाट किसानहरु र आमनागरिकको जीउधन सुरक्षित हुने अवस्था सिर्जना गर्न पनि क्रान्किकारी केन्द्रले माग गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : ५५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष