२१ चैत्र २०८२, शनिबार | April 4, 2026

नेपाली महिला र पुरुष भलिबल टोलीले एभिसी सेन्ट्रल जोन खेल्ने



काठमाडौं । नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा खेल्ने भएको छ । नेपाल भलिबल संघ (एनभिए) का अनुसार प्रतियोगिता ६ पुसदेखि १४ सम्म बंगलादेशमा हुनेछ ।

नेपालले फिलिपिन्समा हुने भनिएको महिला एसियन भलिबल च्याम्पियनसिपको लागि तयारी थालेको थियो । तर, अन्तिम समयमा एभीसीले कोरोना कारण देखाउँदै नेपाललाई सहभागिता जनाउन नदिने भनेपछि नेपालको तयारी रोकिएको थियो । कोरोनाकै कारण प्रतियोगिता रद्द भएको थियो ।

संघले आयोजकलाई धन्यवाद दिँदै अब नेपालले चाँडै प्रतियोगिताको तयारी थाल्ने पनि बताएको छ । गत महिना मात्रै संघले महिला तथा पुरुष एनभिए च्याम्पियनसिप आयोजना गरेको थियो ।

नेपालले सन् २०१९ मा बंगलादेशमै भएको महिला सेन्ट्रल जोनको उपाधि जितेको थियो । पुरुषतर्फ भने सन् २०१८ मा नेपाल घरेलु कोर्ट (आर्मी कोट, लगनखेल) मा समूह चरणबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : ५४ बजे

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौं । भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली