१९ बैशाख २०८१, बुधबार | May 1, 2024

प्रचण्डलाई ओलीको जवाफ – एउटा रोटी र दुई गाँस भात खाएर बस्ने मानिस हुँ, करोडौंको सामान चाहिँदैन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले करोडौंको विलासिताको सामान कहिल्यै नकिनेको बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले लगाएको आरोपको खण्डन गर्दै अध्यक्ष ओलीले करोडौंको बिलासिताका सामान खरिद गरेको आरोपको खण्डन गरेका हुन् । प्रचण्डले हिजो चितवनमा ओलीले बालुवाटार कहिल्यै छोड्न नपर्ने ठानी त्यहाँ करोडौंको सामान थुपारेको आरोप लगाएका थिए ।

शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफुमाथि विरोधीहरुले फत्तुर आरोप लगाएको बताए ।

ओलीले भने, ‘मेरो भान्छामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे, केको सरकारी पैसामा किन्नु ? प्रधानमन्त्री निवासमा सेना पनि बस्छ, उसलाई खाना खानुपर्‍यो होला। भाँडाकुँडा चाहियो होला। मेरो श्रीमतीले पकाएको खाना खाएर बस्ने मलाई किन करोडौंको भाँडाकुँडा चाहियो ?,’

आफु एउटा रोटी र दुई गाँस भात खाएर बस्ने मानिस भएको ओलीले बताए । ‘त्यसैले मलाई करोडौंको भाँडाकुँडा किन चाहियोस ?’ ओलीले प्रश्न गरे ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ३ : ०१ बजे

अन्तर्राष्ट्रिय श्रमिक दिवस : घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर

तनहुँ । व्यास नगरपालिका-२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३

नेपालले टस हारेर पहिला बलिङ गर्दै, कप्तान रोहितलाई आराम

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल

अध्यक्ष ओलीद्वारा श्रमिक दिवसको शुभकामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले