४ पुस २०८२, शुक्रबार | December 20, 2025

हाइप्रोफाइल अट्याक : रुसका प्रधानमन्त्री र पाकिस्तानका सभामुखलाई कोरोना संक्रमण



काठमाडौं । रुसका प्रधानमन्त्री मिखाइल मिसुस्तिनलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

प्रधानमन्त्री मिसुस्तिनलाई बिहीबार कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । अहिले उनलाई अस्पताल भर्ना गरिएको छ ।

गत जनवरीमा दिमित्री मेद्भदेवले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि जिम्मेवारी सम्हालेका मिखाइलले कोरोना भाइरसको महामारी नियन्त्रण अभियानको नेतृत्व गर्दै आएका छन् । रुसी टेलिभिजनमा देखाइएको भिडियोमा प्रधानमन्त्री मिसुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई भिडियो क लगर्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् ।

रुसमा बिहीबार एकै दिन मात्र ७ हजार ९९ जनालाई संक्रमण पुष्टि भएको छ ।

यस्तै, पाकिस्तानको नेशनल एसेम्बलीका सभामुख असद कैसरलाई पनि कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।

सत्तारुढ पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीका वरिष्ठ नेता कैसरले ट्वीटरमा सन्देश जारी गर्दै आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका हुन् । कैसर अहिले होम क्वारेन्टाइनमा रहेका छन् ।

यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पतालको आइसीयूमा भर्ना हुनुपरेको थियो भने स्पेनकी राजकुमारीको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ७ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको