५ श्रावण २०८३, मंगलबार | July 21, 2026

हाइप्रोफाइल अट्याक : रुसका प्रधानमन्त्री र पाकिस्तानका सभामुखलाई कोरोना संक्रमण



काठमाडौं । रुसका प्रधानमन्त्री मिखाइल मिसुस्तिनलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

प्रधानमन्त्री मिसुस्तिनलाई बिहीबार कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । अहिले उनलाई अस्पताल भर्ना गरिएको छ ।

गत जनवरीमा दिमित्री मेद्भदेवले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि जिम्मेवारी सम्हालेका मिखाइलले कोरोना भाइरसको महामारी नियन्त्रण अभियानको नेतृत्व गर्दै आएका छन् । रुसी टेलिभिजनमा देखाइएको भिडियोमा प्रधानमन्त्री मिसुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई भिडियो क लगर्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् ।

रुसमा बिहीबार एकै दिन मात्र ७ हजार ९९ जनालाई संक्रमण पुष्टि भएको छ ।

यस्तै, पाकिस्तानको नेशनल एसेम्बलीका सभामुख असद कैसरलाई पनि कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।

सत्तारुढ पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीका वरिष्ठ नेता कैसरले ट्वीटरमा सन्देश जारी गर्दै आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका हुन् । कैसर अहिले होम क्वारेन्टाइनमा रहेका छन् ।

यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पतालको आइसीयूमा भर्ना हुनुपरेको थियो भने स्पेनकी राजकुमारीको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ७ : ५१ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत