२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

पुरानै लयमा फर्कंदै पर्वतीय सङ्ग्रहालय



पोखरा । कोरोना महामारीका कारण लामो समयसम्म प्रभावित पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकीय चहलपहल बढ्दै गएको छ ।

महामारी क्रमशः कम हुँदै गएको र सर्वसाधारणका लागि प्रवेश टिकट खुल्ला गरेपछि अध्ययन अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै गएसँगै पुरानैलयमा फर्कंने सङ्केत मिलेको छ । विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लामो समयदेखि बन्द सङ्ग्रहालय यही भदौ महिनाको २३ गतेदेखि खुल्ला गरिएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बताए ।

नेपाल पर्वतारोहण सङ्घको ४८औँ स्थापना दिवसका अवसरमा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा उाले भदौ महिनाको ९ दिनमा पाँच जना विदेशी, ५१ जना सार्क, ४५५ नेपाली, ७२ विद्यार्थी र ३७ जनाले गार्डेन गरी ६२० जना टिकट काटेर अवलोकन गर्दा ६४ हजार ९०० आम्दानी भएको जानकारी दिए ।

त्यस्तै असोज महिनामा कूल १११ जना विदेशीले टिकट काट्दा ५५ हजार ५०० आम्दानी भएको बताउँदै सो महिनामा कूल पाँच लाख २९ हजार ७६० आम्दानी भएको जानकारी दिए । कात्तिकको ११ गते एकै दिनमा २७ जना विदेशी पर्यटकले अवलोकनका लागि १३ हजार ५०० को टिकट काटेको बताउँदै निर्देशक न्यौपानेले यस महिनाको १४ गते आइतबारसम्म १२८ विदेशी, ३०५ सार्क, तीन हजार ३८५ नेपाली, एक हजार ५१४ विद्यार्थी र ५४ जनाले टिकट काट्दा १४ दिनको अवधिमा पाँच लाख ४६ हजार ७० रुपैया आम्दानी भएको जानकारी दिए ।

“सङ्ग्रहालय सञ्चालनमा आएसँगै क्रमिक रुपमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै आएको छ”, उनले भने, “यस्तै क्रममा टिकट बिक्री दर बढ्ने हो भने सङ्ग्रहालय पुनःपुरानो लयमा फर्कंने सङ्केत देखिएको छ ।”

विश्वका ८ हजार भन्दा बढी मिटर उचाई भएका १४, ७ हजार ५०० देखि ७ हजार ९९९ सम्मका ४०, ६ हजारदेखि ६ हजार ९९९ सम्मका ६०३ सहित एक हजार ९१३ वटा हिमचुचुरामा हालसम्म भए गरेका गतिविधि र त्यस क्षेत्रमा बसोबास गर्ने हिमालीका बारेमा विस्तृत जानकारी लिन सकिने उनको भनाइ छ ।

पोखरा महानगरपालिका–१७ रातोपैह्रामा नेपाल पर्वतारोहण सङ्घले खरिद गरेको एकसय रोपनी जग्गामध्ये साँढे ६ रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनभित्र विभिन्न चार वटा कक्षअन्तर्गत १२ उपकक्षमा हिमाल र तिनका गतिविधि प्रदर्शन गरिएको छ । यसमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार भन्दा बढी उचाइका ८ वटा हिमाल नेपालमा पर्दछन् ।

सङ्ग्रहालयको पर्वतीय मानव कक्षमा हिमालीको सामाजिक, सांस्कृतिक, धार्मिक एवं आर्थिक क्रियाकलाप झल्काउने सामग्री, विश्वका पर्वत शृ्ङ्खलाको उत्पत्ति, भौगर्भिक महत्व, वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थको प्रदर्शन गरिएको सङ्ग्रहायलय सञ्चालक समितिका सदस्य हरिप्रसाद लामिछानेले जानकारी दिए

उनका अनुसार सो कक्षमा विश्वका पर्वत शृङ््खलामा हुने पर्वतारोहण, पदयात्रा, स्कीइङ, शिकार, अनुसन्धान जस्ता मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी गरिएको छ ।

विश्वका हिमाल र हिमाली क्षेत्रकोबारेमा अनुसन्धान गर्ने अध्येता, अन्वेषकका लागि उपयुक्त थलोको रुपमा लिइएको सङ्ग्रहालय परिसरमा निर्माण गरिएको मनास्लु हिमालको नमूना र प्रवेशद्धार अगाडि निर्मित पहेँलो धातु ढलोटबाट निर्मित याकको मूर्ति अवलोकनकर्ताको लागि थप आकर्षण बनेको छ जुन अहिले टिकटक बनाउने, फोटो खिच्नेको बाक्लै सहभागिता देखिने गरेको छ । कोरोनाको कारण बन्द भएको अवस्थामा सङ्ग्रहालयको कम्पाउण्डवाल, गार्ड घर तथा बोटानिकल गार्डेन निर्माण गरिएको छ । उक्त निर्माणका लागि रु दुई करोड भन्दा बढी खर्च भएको सङ्ग्रहालय सञ्चालक समितिका सदस्य रञ्जितकारले जानकारी दिनुभयो ।

यसैबीच, नेपाल पर्वतारोहण संघको ४८औँ स्थापना दिवसका अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

सङ्घका केन्द्रीय सल्लाहकार हरिध्वज तुलाचनले झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गर्दै हिमाल र हिमालीका बारेमा एउटै थलोबाट सम्पूर्ण जानकारी लिन सकिने सङ्ग्रहालय पर्यटकीय नगरी पोखराको गहना भएको बताए । उनले यसको विकाससँगै प्रचारप्रसारमा पोख्रेलीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता देखाए।

नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण शाखाका गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्माले हिमाल आरोहण गतिविधिमा संलग्न व्यक्तित्वहरुको सक्रियतामा झण्डै पाँच दशकअघि स्थापना भएको सङ्घद्वारा निर्माण गरी सञ्चालन गरिएको पर्वतीय सङग्रहालय एशियामै पहिलो भएको दाबी गरे ।

सो अवसरमा सङ्ग्रहालय परिसरमा निर्मित खड्गविक्रम शाह, डा हर्क गुरुङ र सङ्घका पूर्वअध्यक्ष दावानोर्वु शेर्पाको अर्धकदको शालिकमा माल्यार्पण गरिएको थियो । -रासस

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  २ : ४६ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको