२६ बैशाख २०८१, बुधबार | May 8, 2024

आगामी निर्वाचनपछि कांग्रेसको एकल सरकार : डा. महत



ताप्लेजुङ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचपछि नेपाली कांग्रेसले बहुमत ल्याउने र कांग्रेसको एकल सरकार बन्ने बताउनुभएको छ ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महतले भने “अब हुने स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचमा नेपाली कांग्रेसको बहुमत आउनेछ र कांग्रेसले नै सरकार निर्माण गर्नेछ ।”

अहिले सरकार गठबन्धनमा भए पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउने उनको दाबी थियो । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेसँगै देशका भ्रष्टाचार नियन्त्रण हुने र कोभिडबाट क्षति पुगेका क्षेत्रहरुको पुनर्निर्माण भई देश विकासको मार्गमा अघि बढ्ने बताए ।

सहमहामन्त्री डा महतले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमै सम्पन्न हुने दाबी गरे । उनले भने, “पार्टीको महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ, मैले महामन्त्रीमा उम्मेदवारी दिन्छु ।”

उनले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई आजैदेखि निर्वाचनको तयारीमा लाग्न पनि आह्वान गरे । महतले भने, “पार्टीको आसन्न महाधिवेशनको तयारीमा लाग्नुहोस्, महाधिवेशनको तयारीसँगसँगै निर्वाचनको तयारी पनि थाल्नुहोस् ।”

डा महतले हाल देशको सर्वोच्च अदालतमा देखिएको विवाद अदालत आफैँले समाधन गरोस् भन्ने आफूले चाहेको बताए । “अहिले सर्वोच्च अदालतमा जुन विवाद छ, त्यसले न्याय सम्पादनमा समेत समस्या सिर्जना गरेको छ । यो न्यायालयको विवादको त्यहीँ सर्वोच्चबाटै समाधानको निकास आओस् भन्ने हामी चाहन्छौँ ।” उनले भने ।

डा. महतले केपी शर्मा ओलीको नेतृत्वको सरकारले ताप्लेजुङको विकासमा महत्व नदिएको आरोप पनि लगाए । पाथीभरालाई धार्मिक पर्यटकका रुपमा विकास गर्नु आवश्यक रहेको समेत उहाँले बताउनुभयो र तमोर कोरिडोरलाई सरकारले प्राथमिकतामा राखेर विकास गर्न आवश्यक रहेको पनि उनले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  २ : २८ बजे

मातातीर्थ औँसीमा नबिल बैंकले बनायो सन्देशमूलक भिडियो

काठमाडौं । मातातीर्थ औँसीको अवसरमा नबिल बैंक लिमिटेडले सन्देशमूलक भिडियो

कांग्रेस संसदीय दलको बैठक विहिबार बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक विहिबार बस्ने भएको

एस्ट्राजेनेकाले कोरोना भाइरसको खोप फिर्ता लिदै

काठमाडौं। बेलायतको औषधि बनाउने कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरसको भ्याक्सिन फिर्ता

जनताको सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्य : अध्यक्ष ओली

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

पर्यटन मन्त्रीलाई पर्यटन क्षेत्रका समस्या बारे नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा